जियोनीले अल्ट्रा स्लिम फोन ल्याउने

Technology Khabar २२ माघ २०७१, बिहीबार

जियोनीले अल्ट्रा स्लिम फोन ल्याउने
Classic Tech

काठमाडौं, २२ माघ । चीनियाँ मोबाइल फोन निर्माता कम्पनी जियोनीले निकै पातलो दुईवटा स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । आगामी मार्चमा स्पेनको बार्सिलोनामा हुने वर्ल्ड मोबाइल काँग्रेसमा कम्पनीले नयाँ दुई स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।

Gionee-Elife-S5.1
जियोनी ईलाइफ एस ५‍.१ को फाइल फोटो

जियोनीले यसअघि विश्वको सबैभन्दा पातलो फोन ईलाइफ एस ५.५ (Elife S5.5) सार्वजनिक गरेको थियो भने त्यसपछि पनि अझ पातलो स्मार्टफोन ईलाइफ एस ५.१ (Elife S5.1) सार्वजनिक गरेको थियो । जियोनीको ईलाइफ एस ५.१ स्मार्टफोनलाई गिनीज बुक अफ वर्ल्ड रेकर्डमा सबैभन्दा पातलो फोनको नाममा दर्ता गरिएको थियो ।

कम्पनीले अहिलेसम्म नयाँ दुई मोबाइल फोनहरु कति पातलो हुने भनेर कुनै घोषणा गरेको छैन् । तर कम्पनीले दाबी गरेको छ की यो फोन पातलो भन्दा पनि पातलो हुनेछ साथै त्यसको प्रदर्शन निकै उत्कृष्ट हुनेछ । कम्पनीले नयाँ स्मार्टफोन प्रविधिको दृष्टिकोणबाट पनि उत्कृष्ट हुने जानकारी दिएको छ ।

जियोनीले अहिले अन्य जुन कम्पनीहरुले स्लिम फोन बनाईरहेका छन, ती सबैमा कयौं किसिमका कमीकमजोरी रहेको भन्दै ती मोबाइलहरु मापदण्डमा खरो उत्रन नसक्ने बताएको छ । कम्पनीले ल्याउन लागेको अल्ट्रा स्लिम फोन डिजाइन तथा प्रयोगको आधारमा निकै राम्रो हुने बताएको छ ।

यो पनि हेर्नुहोस्-

नेपालमा नोभेम्बरदेखि विश्वको सबैभन्दा पातलो जियोनी स्मार्टफोन उपलब्ध हुने

TK Viber

प्रकाशित: २२ माघ २०७१, बिहीबार

Loading...