Technology Khabar २२ माघ २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौँ, २२ माघ । कोका–कोला नेपालले कोका–कोलाको विशेष कन्टोर ग्लास प्रस्तुत गरेको छ । कोका–कोलाले आफ्ना ग्राहकहरुकालागि नयाँ योजना प्रस्तुत गर्दै १.५ लिटरको २ वटा कोका–कोला, फ्यान्टा अथवा स्प्राइट (अथवा यी मध्ये कुनै पनि दुई बोतल) को खरिदमा एउटा कोका–कोला कन्टोर ग्लास ग्राहकहरुले पाउने जनाएको छ ।
यस नयाँ योजनाका साथमा कम्पनीले कोका–कोला खाँदाको रिफ्रेसिङ अनुभव अझै प्रखर हुने आशा गरिएको बताएको छ । यो योजना अहिलेकालागि काठमाडौँमा मात्रै प्रस्तुत गरिएको छ र यो केहि चुनिएका डिपार्टमेन्टल स्टोरहरुमा मात्रै उपलब्ध छ । यो योजना फेब्रुअरीमा शुरु भएर दुई महिनासम्म लागू हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सन् १९२९ मा बनाइएको कन्टोर ग्लास अझै पनि चिसो कोका–कोला, फ्यान्टा अथवा स्प्राइट पिउनका लागि उत्कृष्ट मानिन्छ । कोका–कोलाले यो विशेष कन्टोर ग्लासको साथमा चिसो कोका–कोला खाँदै खुसी बाँड्न आग्रह गरेको छ ।
प्रकाशित: २२ माघ २०७१, बिहीबार