फिंगर स्क्यानरसहित सामसुंग ग्यालेक्सी एस ६ आउने

Technology Khabar १६ माघ २०७१, शुक्रबार

फिंगर स्क्यानरसहित सामसुंग ग्यालेक्सी एस ६ आउने

काठमाडौं ।

काठमाडौं, १६ माघ । कोरियाली मोबाइल फोन निर्माता कम्पनी सामसुंगले निकै चर्चित र प्रतिक्षारत स्मार्टफोन ग्यालेक्सी एस ६ (Galaxy S6) मोबाइल वर्ल्ड कंग्रेसमा लन्च गर्ने तयारी गरेको समाचार आएको छ । सामसुंगले स्पेनी शहर बार्सिलोनामा आगामी मार्च २ तारिखदेखि ५ तारिखसम्म आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेसमा ग्यालेक्सी एस ६ सार्वजनिक गर्ने तयारी गरेको विभिन्न समाचारमाध्यमले जनाएका छन् ।samsung 1

सामसुंगले आफ्नो नयाँ स्मार्टफोनमा फिंगर स्क्यानरको प्रयोग गर्ने समाचार पनि आएको छ, जसको माध्यमबाट फोनको प्रयोग गरेर पेमेन्ट पनि गर्न सकिन्छ । तर बजारमा सामसुंगले भीसा कार्ड कम्पनीसँग कुराकारी गरिरहेको हल्लाहरु आईरहेपनि सामसुंगले एस ६ मा एप्पलको जस्तो पेमेन्ट गेटवे सामसुंग पे लन्च गर्नसक्ने समाचारहरुमा उल्लेख छ ।samsung-galaxy-s6

फोनको बडीको कुरा गर्दा यसमा मेटल मात्र प्रयोग गरेर बनाएको हुने निश्चित भएको छ । हालै लीक भएको फोटोअनुसार सामसुंगको ग्यालेक्सी एस ६ मा कोरियाली मोबाइल केन निर्माता कम्पनी स्पाइजेनले तयार परेको मोबाइल केस प्रयोग गरेको देखिएको टेक साइट जीएसएम एरेनाले जनाएको छ । तस्विरहरुलाई हेर्दा ग्यालेक्सी एस ६ मा रियर क्यामराको लागि प्रयोग हुने एलइडी फ्ल्याश तथा हर्ट सेन्सर क्यामराको दायाँ साइडमा राखिएको छ । यसअघिको एस ५ मा भने यो क्यामराको मुनीपट्टि राखिएको थियो ।samsung 2

नयाँ ग्यालेक्सी एस ६ मा क्यूएचडी (२५६० X १४४०) स्क्रीन राखिएको छ, जुन एचडी स्क्रीनको दाँजोमा चार गुणा उच्च गुणस्तरको पीक्सल रिजोल्यूशन हो । यो स्मार्टफोनमा अप्टिकल इमजे स्टेबलाइजेशनसहितको २० मेगापिक्सलको रियर क्यामरा रहेको छ, जसले फोर के भिडियो रेकर्डिंग गर्नसक्दछ । त्यस्तै यसमा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

फोनमा १.९ गीगाहर्ज कोरटेक्स ए५७ प्रोसेसर तथा अक्टा-कोर ६४ बिटका साथमा साइनोजेन ७४२० चीपसेट प्रयोग गरिएको छ । जुन अहिलेसम्मको निकै द्रूत प्रोसेसर हो ।

अर्कोतर्फ सामसुंगले ल्याउन लागेको एस ६ मा क्वालकमको स्न्यापड्रयागन ८१० चीपसेट नै प्रयोग हुने वाल स्ट्रीट जर्नलको रिपोर्टमा उल्लेख छ । केहि समय अघि सामसुंगले उक्त चीपसेटमा भएको ओभर हिटिंगका कारण आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एस ६ मा प्रयोग नगर्ने समाचार आएको थियो । तर चीपमेकर कम्पनी क्वालकमले उक्त समस्याको समाधान भएको जानकारी दिएको थियो । यसअघि पनि एलजीले आफ्नो पछिल्लो फ्ल्यागशिप स्मार्टफोन एलजी जी फ्लेक्स २ मा क्वालकमको सोहि चीपसेटको प्रयोग गरेको थियो ।

एस ६ मा ३ जीबीको र्याम छ भने ३२ जीबीको इन्टरनल मेमोरी रहेको छ जसलाई बढाएर १२८ जीबीसम्म राख्न सकिन्छ । यसमा जियो ट्यागिंग, प्यानोरामा, टच फोकश, फेस डिटेक्शनलगायतका कयौं फिचर्स छन् ।

easy care

प्रकाशित: १६ माघ २०७१, शुक्रबार

ताजा समाचार