भीजी अटोमोवाइल्सको दुई पाँग्रे सवारी साधनमा किस्ताबन्दी योजना

Technology Khabar १५ माघ २०७१, बिहीबार

भीजी अटोमोवाइल्सको दुई पाँग्रे सवारी साधनमा किस्ताबन्दी योजना

काठमाडौं ।

काठमाण्डौँ, १५ माघ । भीजी अटोमोवाइल्सले दुई पाँग्रे सवारी साधनमा समान मासिक किस्ताबन्दी योजना ल्याएको छ । कम्पनीले वाइक अफ द इयर २०१५ बिजेता सुजुकी जिक्सर १९ दशमलव ९९ प्रतिशत डाउन पेमेन्टमा दिने जनाइएको छ ।

जसअन्तर्गत ४७ हजार तीन सय ५६ रुपैयाँ डाउन पेमेन्ट गरि मासिक छ हजार पाँचसय ७१ रुपैयाँ किस्तामा यो बाइक खरिद गर्न सकिन्छ । यस्तै सुजुकी लेट्स आठहजार नौ सय ९९ रुपैयाँ र मासिक किस्ता पाँच हजार चार सय चार रुपैयाँ तिर्दापाइने कम्पनीले जनाएको छ ।

यो स्किम सुजुकीका अरु दुई पाँग्रे सवारी साधनमा समेत लागु हुनेछ । २५ हजार डाउन पेमेन्ट गरि स्लिङसट (एससीडी),स्लिङसट (एसइयु), जिएस१५०आर, हायाते र स्विस १२५ मोडलका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने जनाइएको छ । यिनीहरुमा क्रमश पाँच हजार चार सय चार, पाँच हजार दुई सय ६६, छ हजार आठ सय २६, चारहजार आठ सय ५० र पाँच हजार दुई सय ३१ मासिक किस्ता तिर्नु पर्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १५ माघ २०७१, बिहीबार

ताजा समाचार