जियोनीले कृष्टल कोटिङ भएको ‘पी ६’ स्मार्टफोन ल्याउँदै

Technology Khabar १४ माघ २०७१, बुधबार

जियोनीले कृष्टल कोटिङ भएको ‘पी ६’ स्मार्टफोन ल्याउँदै
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १४ माघ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले विविधवर्गका उपभोक्तामाझ थरिथरिका फोनहरुमा नयाँ प्रविधि ल्याउने क्रममा यसपालि पायोनियर पी ६ (Pioneer P6) स्मार्टफोन बजारमा ल्याउँदैछ ।

यो मोबाइलमा ५ इन्चको एलसिडि डिस्प्ले रहेको छ । यसको ठूलो स्क्रिनले सजिलो र आनन्दसँग भिडियो हेर्न, तस्बीरहरु खिच्न, इन्टरनेट चलाउन र सहजकासाथ ईबूक पनि पढ्न सकिने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसको विशेष डिजाइन र गोलाकार कुनाहरु भएको हुनाले यो पातलो र अझै स्टाइलिस फोन भएको कम्पनीको भनाई छ । उचित मूल्यमा उपलब्ध हुने यो फोनले व्यक्तित्वलाई निखार्न पनि सक्षम हुने बताईएको छ ।Gionee-Pioneer-P6

यस फोनमा विशेष होल्जर स्वीच भएको हुनाले फ्लिप गरेर नै यो फोनमा धेरै कुराहरु गर्न सकिन्छ । फ्लिप गरेर डिस्प्ले अन हुने, मिति, समय र मौसम थाहा हुने र फाइलहरु पनि ट्रान्स्फर गर्न सकिन्छ । यसका साथै फोटो खिच्ने र म्युजिक सुन्न सकिने विशेषता रहेका छन् । यो फोनको विशेष डिजाइन र बाहिरी लुक अर्धपारदर्शी कृष्टल कोटिङ भएकोले यो फोन अति नै सुुन्दर देखिन्छ ।P6

यो फोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर, १ जीबी र्यामका साथै ८ जीबीको इन्टरनल मेमोरी छ । यो स्मार्टफोनमा ५ मेगापिक्सलको रियर क्यामरा छ भने दुईटा सिम प्रयोग गर्न सकिन्छ ।

कम्पनीले संसारकै १० ठूला मोबाइल निर्माताहरु मध्ये एक भएको दाबी गर्दै संसारभरिकै उपभोक्ताको स्मार्टफोन प्रयोग गर्ने तरिकालाई सजिलो पार्दै सुन्दर मोबाइलहरु ल्याउँदै गरेको जनाएको छ ।

विश्व बजारमा पी ६ सार्वजनिक भएको करिब २ सातामा नै नेपालमा यो फोन उपलब्ध हुने भएको हो । विशेषगरी यो फोन सेल्फी मनपराउनेका लागी निकै अाकर्षक रहेको छ ।

जियोनीका आधिकारिक विक्रेतामार्फत यही फेब्रुअरीको पहिलो सातादेखि पी ६ स्मार्टफोन बजारमा उपलब्ध हुनेछ । नेपालमा जियोनी मोबाइल टेलिटकले आयात तथा बिक्री गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्-

जियोनीको सेल्फी लभर्सका लागि नयाँ स्मार्टफोन ‘पी६’

Sajilo Visa

प्रकाशित: १४ माघ २०७१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार