Technology Khabar १३ माघ २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, १३ माघ । सामाजिक सञ्जाल साइट फेसबुक तथा इन्टाग्राम डाउन भएको छ। प्रयोगकर्ताहरुले फेसबुक र इन्स्टाग्राम प्रयोगमा समस्या भएको बताइरहेका छन् ।
फेसबुकका साथै टिन्डर, एआईएम तथाा हिपच्याटमा पनि समस्या देखिएको समाचार एजेन्सीहरुले जनाएका छन् । समाचार एजेन्सी एपीका अनुसार अमेरिका, एशिया तथा अस्ट्रेलियाका प्रयोगकर्ताहरुले फेसबुकमा आउटेजको (Outage) समस्या भोगिरहेका छन् । तर फेसबुकले नै अधिग्रहण गरेको ह्वाट्सएपले भने काम गरिरहेको बताईएको छ ।
फेसबुकले भने सकेसम्म चाँडो सामान्य अवस्थामा फेसबुकलाई फर्काउन काम गरिरहेको भनेर अमेरिकी टेलिभिजन सेवा एबीसी न्यूजलाई जानकारी दिएको छ । उता ह्याकरहरुले भने यो आउटेजको जिम्मेबारी लिएका छन् तर यसको पुष्टि भने भएको छैन् ।
फेसबुकले आफ्नो डाटा नीति, पोलिसीहरू अपडेट गर्ने भएकाले फेसबुक बन्द भएको एजेन्सीहरूले जनाएका छन्। फेसबुकले २०१५ को सुरुवातसँगै प्रयोगकर्तालाई नोटिफिकेसनमार्फत धेरै कुरा परिवर्तन हुने जानकारी दिएको थियो।
प्रकाशित: १३ माघ २०७१, मंगलवार