Technology Khabar १३ माघ २०७१, मंगलवार
काठमाडौं ।
काठमाडौं, १३ माघ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले एसेण्ड पि७ (Ascend P7) को सफलतापछि नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । हुवावेले ल्याउन लागेको एसेण्डको अर्को फ्ल्यागशिप फोनको तस्विरहरु इन्टरनेटमा आएका छन् । इन्टरनेटमा देखिएका तस्विरअनुसार यो हुवावेले एसेन्ड पि ७ को निरन्तरताको रुपमा एसेन्ड पि८ (Ascend P8) ल्याउन लागेको छ । यसको अगाडि तथा पछाडिको भागको तस्विरहरु सार्वजनिक भएका हुन् ।
यो स्मार्टफोनमा पनि अघिल्लो स्मार्टफोन पि७ को जस्तै सार्प इज तथा केहि घुमेको कर्नर रहेको छ । यसको साइड वेजेल (Bezel) निकै कम छ भने टप केहि कम्प्याक्ट रहेको छ । तर यसको क्यामराको क्षेत्रको तस्विर भने पहिले लीक भएको तस्विर भन्दा केहि फरक देखिएको छ ।
यो स्मार्टफोनको हार्डवेयर स्पेशिफिकेशन भने पहिले नै सार्वजनिक भएअनुरुप नै रहेको बताईएको छ । हुवावेको एसेन्ड पि ८ मा ५.२ इन्चको १०८० पिक्सल रिजोल्यूशनभएको फूल एचडी डिस्प्ले रहेको छ भने यसमा हुवावेको आफ्नै किरिन ९३०-६४ बिटको चीपसेट (Kirin 930, 64 bit) प्रयोग गरिएको छ । यो स्मार्टफोनमा ३ जीबीको र्याम छ तर यसको इन्टरनल स्टोरेजको बारेमा कुनै जानकारी छैन् ।
स्रोतका अनुसार यो स्मार्टफोनमा १३ मेगापिक्सलको अप्टिकल स्ट्याबलाजेशनसहितको रियर क्यामरा छ जुन अन्य स्मार्टफोनहरुमा हुने क्यामराहरु जस्तै हो । यसमा २६०० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जुन आश्चार्यजनक हो । तर हुवावेको क्यूएचडी डिस्प्ले र ब्याट्री क्षमता भने मिल्दोजुल्दो रहेको र पि८ त्यो मामलामा ठिकै डिभाइस भएको विश्लेषकहरुको भनाई छ । हुवावेको नयाँ स्मार्टफोन सार्वजनिक हुनेबेलामा एन्ड्रोयडको ललिपप अपरेटिङ सिष्टम राखिनेछ ।
हुवावेले एसेण्ड पि८ को आधिकारीक घोषणा भने २०१५ को दोस्रो चौमासीकमा विशेष कार्यक्रमका साथ गर्ने अनुमान गरिएको छ ।
प्रकाशित: १३ माघ २०७१, मंगलवार