माइक्रोसफ्टले विण्डोज १० अपरेटिङ सिष्टम भएको स्मार्टफोन ल्याउने

Technology Khabar ११ माघ २०७१, आईतवार

माइक्रोसफ्टले विण्डोज १० अपरेटिङ सिष्टम भएको स्मार्टफोन ल्याउने
विण्डोज १० काे कन्सेप्ट स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, ११ माघ । विभिन्न हल्लाहरुकाबिच माइक्रोसफ्टले नयाँ विण्डोज स्मार्टफोन सार्वजनिक गर्ने निश्चित भएको छ । माइक्रोसफ्टले यो वर्षको गर्मी सिजनको अन्त्यसम्म अर्थात याे सेप्टेम्बरसम्ममा विण्डोज १० स्मार्टफोन लन्च गर्ने भएको हो ।

विण्डोज सेन्ट्रलका प्रोडक्ट मार्केटिङका निर्देशक इफी मजीदले यसको बारेमा जानकारी दिए । तर हालसम्म यो मोबाइल फोनको बारेमा कुनै जानकारी दिएको छैन् । यसअघि नै माइक्रोसफ्टले लूमिया स्मार्टफोनका लागि विशेष विण्डोज १० अपरेटिङ सिष्टम लन्च गरेको थियो ।

कम्पनीले लूमियाको सबै स्मार्टफोनहरुमा यो अपग्रेड संभव नभएको बताएको छ । माइक्रोसफ्टको एप स्टोर अब केबल स्मार्टफोन्स तथा ट्याबलेटका लागि मात्र नभई अब विण्डोज स्टोरमा दिईएको एप डेस्कटपमा पनि चलाउन सकिनेछ ।

easy care

प्रकाशित: ११ माघ २०७१, आईतवार

ताजा समाचार