सन् २०१७ सम्म मोबाइलमा फेसबुक प्रयोग गर्ने भारतमा सबैभन्दा धेरै हुने

Technology Khabar १० माघ २०७१, शनिबार

सन् २०१७ सम्म मोबाइलमा फेसबुक प्रयोग गर्ने भारतमा सबैभन्दा धेरै हुने
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १० माघ । मोबाइलको माध्यमबाट फेसबुक प्रयोगकर्ताहरुको संख्याका आधारमा सन् २०१७ सम्ममा छिमेकी मुलुक भारत पहिलो स्थानमा आउने भएको छ । सन् २०१७ सम्ममा भारतले मोबाइल फोनको माध्यमबाट फेसबुक चलाउने व्यक्तिहरुको संख्याको आधारमा अमेरिकालाई पछाडि पार्ने एक रिपोर्टमा उल्लेख छ । बजार अनुसन्धान गर्ने कम्पनी ईमार्केटरले जारी गरेको एक रिपोर्टमा यस्तो कुरा उल्लेख गरिएको छ ।

ईमार्केटरले भनेको छ, ‘मोबाइलद्धारा फेसबुक उपयोग गर्ने व्यक्तिहरुको संख्याको आधारमा भारत अहिले दोस्रो स्थानमा छ भने सन् २०१५ मा मोबाइल फोनको माध्यमबाट फेसबुक प्रयोग गर्नेको संख्या १० करोडभन्दा अधिक हुनेछ । त्यसैगरी सन् २०१७ सम्म मोबाइल फेसबुक प्रयोगकर्ताहरुको संख्या अमेरिकाभन्दा अधिक हुनेछ ।’

रिपोर्टकाअनुसार यो सालको अन्त्यसम्म अमेरिकामा फेसबुकको प्रयोग गर्नेको संख्या १२.३१ करोड तथा भारतमा १०.१५ करोड पुग्नेछ । सन् २०१७सम्म मभारतमा यो संख्यावृद्धि भएर १४.५९ करोड व्यक्तिहरुले मोबाइल फोनको माध्यमबाट फेसबुक प्रयोग गर्नेको संख्या अमेरिकामा भने १३.८८ करोड मात्र हुनेछ । एजेन्सी

Sajilo Visa

प्रकाशित: १० माघ २०७१, शनिबार

तपाइको प्रतिक्रिया