ह्वाट्सएप एप्लिकेशन अब डेस्कटपमा पनि प्रयोग गर्न सकिने

Technology Khabar ९ माघ २०७१, शुक्रबार

ह्वाट्सएप एप्लिकेशन अब डेस्कटपमा पनि प्रयोग गर्न सकिने
Global IME Bank

काठमाडौं ।

काठमाडौं, ९ माघ । ह्वाट्सएप यूजर्सले अब उक्त एप आफ्नो कम्प्यूटरमा पनि चलाउन पाउने भएका छन् । स्मार्टफोनमा मात्र प्रयोग गर्न सकिने यो एप्लिकेशन अब डेस्कटपमा पनि प्रयोग गर्न सकिने भएको हो ।

इन्स्टान्ट म्यासेजिंग सर्भिस ह्वाट्सएप (WhatsApp) विश्वभर निकै लोकप्रिय एप हो । यो एपका प्रयोगकर्ताहरु ५० करोड भन्दा बढि रहेका छन् । ह्वाट्सएप यूजर्सले पहिलेदेखि नै यो एपको सर्भिस डेस्कटममा पनि प्रयोग गर्ने सुविधा चाहिरहेका थिए, जुन चाहना अब ह्वाट्सएपले पुरा गरिदिएको छ ।

ह्वाट्सएपले आफ्नो नयाँ सर्भिस ह्वाट्सएप वेव सार्वजनिक गरेको छ । ह्वाट्सएपका संस्थापक जेनकमले सोशल मिडियामा एक पोस्ट गर्दै भने, ‘अबदेखि पहिलो पटक, लाखौं ह्वाट्सएप यूजर्स अब यो एप्लिकेशनलाई आफ्नो वेव ब्राउजरमा पनि प्रयोग गर्न सक्नेछन् । ह्वाट्सएप वेब आफ्नो फोन एप्लिकेशनको नै एक अपडेट हो । ह्वाट्सएप वेबमा तपाईँले आफ्नो फोनको म्यासेज पढ्न सक्नुहुनेछ । जसको अर्थ यो हो की तपाईँको म्यासेज ब्राउजरका साथ साथै तपाईँको फोनमा पनि उपलब्ध हुनेछ ।’whatsapp-web1111111

आफ्नो डेस्कटप ह्वाट्सएप प्रयोग गर्नको लागि गूगल क्रोम ब्राउजरमा https://web.whatsapp.com खोल्नुपर्ने हुन्छ । यसपछि एक QR कोड स्क्यान तपाईँको डेस्कटप स्क्रीनमा देखिनेछ । जसलाई आफ्नो मोबाइल ह्वाट्सएपद्धारा स्क्यान गर्न सकिनेछ । यसको लागि तपाईँको स्मार्टफोनमा ह्वाट्सएप एप्लिकेशनको अपडेटेड भर्सन हुन आवश्यक छ । मोबाइलमा ह्वाट्सएपको मेन्यूमा गएर ह्वाट्सएप वेब अप्शनमा गएपछि तपाईाले यो कोडलाई स्क्यान गरेर सजिलोसँग डेस्कटपमा ह्वाट्सएप प्रयोग गर्न सक्नुहुनेछ । whatsapp-web

हालका लागि ह्वाट्सएप वेब एन्ड्रोयड, ब्ल्याकबेरी तथा विण्डोज फोनमा मात्र उपलब्ध रहेको छ । डेस्कटपमा ह्वाट्सएप प्रयोग गर्नको लागि तपाईँको फोन इन्टरनेटमा कनेक्ट भएको हुनुपर्नेछ । यदि तपाईा एप्पलको आइफोन प्रयोग गर्नुहुन्छ भने तपाईँले ह्वाट्सएप प्रयोग गर्ने सुविधाबाट बन्चित हुनुहुन्छ । त्यस्तै आफ्नो डेस्कटपमा गूगल क्रोमको साटो कुनै दोस्रो ब्राउजर छ भने पनि प्रयोगकर्ताले ह्वाट्सएप वेव प्रयोग गर्ने सुविधा पाउनेछैन् ।

ह्वाट्सएपले एक ब्लग पोष्ट गर्दै ह्वाट्सएपको विश्वभर ५० करोडभन्दा बढि एक्टिभ यूजर्स भएको जानकारी दिएको छ । पछिल्लो केहि महिनामा ब्राजील, भारत, मेक्सिको तथा रुसलगायतका देशहरुमा तिब्रगतिमा ह्वाट्सएप यूजर्स बढिरहेका छन् । ह्वाट्सएपकाअनुसार ह्वाट्सएप यूजर्स प्रतिदिन लगभग सात करोडभन्दा बढि तस्वीरहरु तथा एक करोडभन्दा बढि भिडियो प्रतिदिन शेयर गरिरहेका छन् । एजेन्सी

Sajilo Visa

प्रकाशित: ९ माघ २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया