Technology Khabar ७ माघ २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, ८ माघ । भारतीय स्मार्टफोन निर्माता कम्पनी इन्टेक्सले दुईवटा नयाँ बजेट फोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमार्फत विश्व बजारमा अक्वा वाई३ (Intex Aqua Y3) तथा इन्टेक्स अक्वा इको (Intex Aqua Eco) सार्वजनिक गरेको हो ।
यी दुवै स्मार्टफोन दुई सिम प्रयोग गर्न सकिने छ तर यी फोनहरुका फीचर भने फरक फरक छन् । इन्टेक्स अक्वा वाई ३ मा ४.५ इन्चको स्क्रीन रहेको छ भने यसमा २ गीगाहर्जको ड्यूअल कोर प्रोसेसर रहेको छ । एन्ड्रोयड किटक्याट ४.४.४ भर्सनको अपरेटिङ सिष्टममा आधारित फोनमा ५१२ एमबीको र्याम छ भने ४ जीबी इन्टरनल मेमोरी राखिएको छ ।
५ मेगापिक्सलको रियर क्यामरा रहेको इन्टेक्स अक्वा वाई३ को बजार मूल्य ४ हजार ४ सय ९९ भारतीय रुपैंया तोकेको छ ।
अर्को स्मार्टफोन इन्टेक्स अक्वा इकोमा ४ इन्चको स्क्रीन रहेको छ भने यसमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ । एन्ड्रोयडको पुरानो अपरेटि९ सिष्टम जेली बीनमा आधारित भएको यो स्मार्टफोनमा ५१२ एमबी र्याम छ भने ५१२ एमबीको इन्टरनल मेमोरी रहेको छ ।
३.२ मेगापिक्सलको रियर क्यामरा रहेको इन्टेक्स अक्वा इकोको बजार मूल्य ३ हजार ७ सय भारतीय रुपैंया तोकिएको छ ।
नेपालमा यी स्मार्टफोनहरु कहिलेसम्म उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् । नेपालमा इन्टेक्सका स्मार्टफोनहरु सिजी इम्पेक्सले आयात तथा बिक्री गर्दै आएको छ ।
इन्टेक्स अक्वा वाइ ३ (Aqua Y3) को मुख्य विशेषताहरु
* स्क्रीन- ४.५इंच (८५४x४८०पिक्सल)
* प्रोसेसर- १ गीगाहर्ज डुअल कोर प्रोसेसर
* ओएस- एंड्रोयड 4.4.2
* र्याम- ५१२एमबी, ४ जीबी इंटरनल स्टोरेज
* क्यामरा- ५एमपी रियर, भीजीए फ्रंट
* अन्य फीचर- ३ जी, वाई-फाई, जीपीएस, ब्लूटूथ
* ब्याट्री- १६०० एमएएच (४घण्टा टकटाइम)
इन्टेक्स अक्वा इको (Aqua Eco) को विशेषताहरु
* स्क्रीन- ४इंच (८००x४८०पिक्सल)
* प्रोसेसर- १.२गीगाहर्ज क्वाड कोर प्रोसेसर
* ओएस- एंड्रोयड जेली बीन
* र्याम- ५१२एमबी र्याम, ५१२एमबी इंटरनल स्टोरेज
* क्यामरा- ३.२एमपी रियर क्यामरा, फ्ल्याशसहित, १.३एमपी फ्रंट
* अन्य फीचर- ३ जी, जीपीएस, वाई-फाई, ब्लूटूथ
* ब्याट्री- १५००एमएएच (७घण्टा टक टाइम)
प्रकाशित: ७ माघ २०७१, बुधबार