भारतीय ‘राग गोल्ड’ पान मसला नेपाली बजारमा

Technology Khabar ७ माघ २०७१, बुधबार

भारतीय ‘राग गोल्ड’ पान मसला नेपाली बजारमा

काठमाडौं ।

काठमाडौँ, ८ माघ भारतीय कम्पनी मोदि इन्टरप्राइजेज मातहतको गोडफ्रे फिलिप्स इन्डियाले नेपाली ग्राहकहरुका लागि राग गोल्ड पान मसला प्रस्तुत गरेको छ ।

राग गोल्ड पान मसला विस्तृत उपभोक्ता अनुसन्धान पछि नेपाली ग्राहकहरुका लागि प्रस्तुत गरिएको विशेष उत्पादन भएको कम्पनीले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । आफ्ना ग्राहकहरुलाई उच्च गुणस्तरको सर्वोत्कृष्ट उत्पादनहरु प्रस्तुत गर्ने प्रतिबद्धतालाई कायम राख्नका लागि कम्पनीले राग गोल्ड पान मसलामा उत्कृष्ट सुपारी, अलैँचिका साथ अन्य प्राकृतिक मसलाहरुको प्रयोग गरेको दाबी गरेको छ । राग गोल्ड पान मसला ४ ग्रामको प्याकेटमा पाइनेछ । आउँदा दिनहरुमा कम्पनीले अन्य SKU हरुका साथै माउथ फ्रेस्नरहरु पनि प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनीका सिओओ भिषम भढेराले राग गोल्ड पान मसलाका प्याकेटहरुमा उत्पादनको सहि नेपाली मूल्य नै राखिएको बताए । कम्पनीले प्रत्यक्षरुपमा हरेक दुई हप्तामा १२,००० खुद्रा व्यापारीहरु माझ आफनो उत्पादन पुर्याउने जानकारी दिएकोछ ।

राग गोल्ड पान मसलाको उद्घाटन कम्पनीका भढेरासका साथ नेपालका लागि कम्पनीका ब्राण्ड एम्बेसेडर नायक राजेश हमालले गरेका थिए । कम्पनीले अहिलेसम्म कन्फेक्सनरी, सुर्ति, पान मसला जस्ता विविध उत्पादनहरु प्रस्तुत गर्दै आएको छ ।

Sajilo Visa

प्रकाशित: ७ माघ २०७१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार