सिटिभी मोबाइलको नयाँ मल्टिब्राण्ड सोरुम अब सिटिसी मलमा

Technology Khabar ७ माघ २०७१, बुधबार

सिटिभी मोबाइलको नयाँ मल्टिब्राण्ड सोरुम अब सिटिसी मलमा

काठमाडौं ।

काठमाडौं, ८ माघ । सिटिभी मोबाइलले सुन्धारास्थित सिटिसी मलमा द वर्ल्ड भिजनको नाममा मल्टिब्राण्ड सोरुम खोल्ने भएको छ । द वर्ल्ड भिजन प्रालिको अत्याधुनिक मोबाइल आउटलेट निर्माण अन्तिम चरणमा पुगेको र यो शोरुमबाट माघ ११ गतेदेखि कारोबार शुरु हुने बताईएको छ ।

शुरु हुने अवसर पारेर बिभिन्न कम्पनीका मोबाइल सेट बिशेष छुटमा बिक्री गरिने योजना रहेको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । नेपालमा उपलब्ध २ दर्जन बढी मोबाइल कम्पनीका उत्पादन बिक्री गर्ने तथा १६ वटा मोबाइल कम्पनीका मोबाइल अलग अलग टेबलबाट बिक्री गरिने ब्यबस्था मिलाइएको ग्लाइडरले बताए । यो मल्टिब्राण्ड सोरुम मोबाइलको खुद्रा बजारमा संभबत सबैभन्दा अत्याधुनिक र ठूलो भएको सिटिभी मोबाइलको दाबी छ ।

औपचारिक कारोबारको दिनबाट नै मोबाइल एक्सचेन्ज गरि मोबाइलमा अपग्रेड गर्ने मोबाइल पारखीको लागि नयाँ योजना कम्पनीले ल्याउने द वर्ल्ड भिजन प्रालिका अध्यक्ष संगम राइले बताए । सिटिभीको यो मल्टिब्राण्ड सोरुममा आइफोन, सामसुङ, कार्बन, कलर्स, पानासोनिक, बिक्यू, माइक्रोम्याक्स, हुवावे, जियोनी, अल्काटेल, एलजी, जोलो, लाभा, सोनी, माइक्रोसफ्ट, नोकिया लगायत दुइ दर्जन बढी ब्राण्डका मोबाइलहरु उपलब्ध  हुने बताईएको छ ।

मोबाइलका अलाबा यो मल्टिब्राण्ड सोरुममा बिभिन्न कम्पनीका क्यामेरा, ल्यापटप, सिसिटिभी, साउण्ड सिस्टम, राउटर, आइप्याड लगायतका विद्युतिय सामग्रीहरु पनि उपलब्ध हुने छ । सिटिभीले यस सोरुमबाट केयर सुबिधा, वाइफाइ फ्रि लगायतको सुबिधा पनि दिने तयारी गरेको जनाएको छ ।

सिटीभि मोबाइलले यस अघिनै चाबहिलको केएल टावरमा सिटिभी लिंक इलेक्ट्रोनिक्स, न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा सिटी टप भिजन तथा सिटिभी केयरको नाममा आउटलेट खोलिसकेको छ ।

Sajilo Visa

प्रकाशित: ७ माघ २०७१, बुधबार

तपाइको प्रतिक्रिया