तोशिवाले एन्ड्रोयड अपरेटिङमा आधारित टिभी सार्वजनिक गर्यो

Technology Khabar ५ माघ २०७१, सोमबार

तोशिवाले एन्ड्रोयड अपरेटिङमा आधारित टिभी सार्वजनिक गर्यो

काठमाडौं ।

काठमाडौं, ५ माघ । जापानी इलेक्ट्रोनिक्स कम्पनी तोशिवाले एन्ड्रोयडमा आधारित स्मार्ट टिभी निर्माण गरेको छ । कम्पनीले एन्ड्रोयड अपरेटिङ सिष्टममा आधारित नयाँ स्मार्ट एलईडी टिभीको श्रृंखला सार्वजनिक गरेको हो ।

यो टिभीको माध्यमबाट दर्शकहरुलाई कयौं किसिमका एप्लिकेशन, गेम्स तथा भिडियोसम्म पहुँच हुनेछ ।

तोशिवाको नयाँ टिभीमा अल्ट्रा एचडी फोर के ९४५० श्रृंखला तथा एचडी र फुल एचडी एल ५४०० श्रृंखलामा पर्सनलाइज्ड कन्टेन्ट, भिजुअल डिटेल्स, ग्राफिक्स, विल्ट इन वाइफाइलगायतका सुविधाहरु रहेको विज्ञप्तिमा उल्लेख छ ।

अल्ट्रा एचडी फोर के एल ९४५० श्रृंखला ५०, ६५ तथा ८४ इन्चमा उपलब्ध हुनेछ । यसको मूल्य ३ लाखदेखि १७ लाखको हाराहारीमा रहनेछ । एचडी तथा फुल एचडी एल ५४०० श्रृंखला ३२, ४०, ४७ तथा ५६ इन्चको स्क्रीनमा उपलब्ध हुनेछ । यसको बजार मूल्य ६२ हजार भन्दा माथिदेखि २ लाख रपैंयाको हाराहारीमा उपलब्ध हुने बताईएको छ ।

यसअघि नै गूगलले एन्ड्रोयडमा आधारित स्मार्ट टेलिभिजन निर्माण गर्न विभिन्न टिभी उत्पादक कम्पनीहरुसँग सम्झौता गरिसकेको समाचार सार्वजनिक भइसकेको छ ।

easy care

प्रकाशित: ५ माघ २०७१, सोमबार