आपतकालीन अवस्थामा सूचना सुरक्षागर्न आईटिसर्ट नेपालको स्थापना

Technology Khabar ४ माघ २०७१, आईतवार

आपतकालीन अवस्थामा सूचना सुरक्षागर्न आईटिसर्ट नेपालको स्थापना

काठमाडौं ।

काठमाडौं, ४ माघ । नेपालमा आपतकालिन अवस्थामा सूचना सुरक्षा मूख्य चुनौती भएको सरोकारबालाहरुले जनाएका छन् । नेपालमा सुचना सुरक्षा अन्तर्गत आकस्मिक दुर्घटना पर्दा सो को तत्कालिन उपचार गर्ने र चुनौतीका विषयमा सरोकारबालाहरुलाई जानकारी गराउने उदेश्यका साथ आइतवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा सूचना प्रविधि र सूचना सुरक्षामा हुनसक्ने आकस्मिक आपतकालीन अवस्थामा सहजता, सूचना सूरक्षामा आइपर्ने आपतकालीन परिस्थितीको बारेमा मुलुकभित्र कुनै काम अगाडि नबढेको विज्ञहरुले बताए ।

त्यसैगरी समूहले नेपालमा पहिलो पटक साइबर सुरक्षा तथा साइबर कानून सम्बन्धि अन्तराष्ट्रिय कार्यसाला पनि आयोजना गर्न लागेको जानकारी दिएको छ । उक्त कार्यशाला आगामी फेब्रुअरी १९, २० र २१ तारिखमा काठमाडौंमा आयोजना गरिने छ ।

नेपाली जनतालाई सूचना सुरक्षाका बिषयमा आइपर्ने सम्पुर्ण बिषयमा कार्य गर्न गराउन समन्वयकारी भुमीका निर्बाह गर्ने अभिप्रायले एक सांगठनिक एकताको आवश्यकता महसुस भएकोले, सूचना प्रविधि सुरक्षण आकस्मिक पहुँच समुह आईटी सर्ट नेपाल (ITSERT-NP) को स्थापना गरिएको समूहका महासचिव नारायण न्यौपानले जानकारी दिए ।

समूहले भविश्यमा नेपाल भरि जनचेतना जगाउने, जानकारी दिने र सुरक्षाका उपायहरुको अबलम्बन गर्ने सम्बन्धि कार्यहरु गर्ने बताईएको छ ।

Sajilo Visa

प्रकाशित: ४ माघ २०७१, आईतवार

तपाइको प्रतिक्रिया