Technology Khabar २ माघ २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २ माघ । तीनवटा अपरेटिङ सिष्टममा चल्ने अल्काटेलको पिक्सी ३ (Alcatel Pixi3) स्मार्टफोन छिटै बजारमा आउन लागेकोे छ । यो नयाँ स्मार्टफोनमा ग्राहकले आफुले चाहेको अपरेटिङ सिष्टसमका साथमा प्रयोग गर्न सकिने सुविधा रहेको छ । स्मार्टफोन प्रयोगकर्तालाई आफ्नो चाहना अनुसारको एन्ड्रोयड, विण्डोज वा फायरफक्स अपरेटिङ सिष्टममा आधारित भएर यो फोन खरिद गर्ने सुविधा दिईने भएको हो ।
भारतीय मोबाइल कम्पनी अल्काटेलले यस्तै फोन पिक्सी ३ तयार पारेको हो । यो स्मार्टफोन तीन अलग-अलग अपरेटिङ सिष्टममा संचालन हुन सक्दछ । कम्पनीले लस भेगासमा भएको सीईएस २०१५ मा यो फोन सार्वजनिक गरेको थियो । कम्पनीले ल्याउन लागेको यो फोन बजेट स्मार्टफोन हुने बताईएको छ ।
यो फोनको प्रयोगकर्ताले एन्ड्रोयड अपरेटिङ सहितको स्मार्टफोन लिने, विण्डोज अपरेटिङ सिष्टमसहितको स्मार्टफोन लिने वा फायरफक्सकासाथ लिनचाहेमा पनि विकल्प छान्न सकिनेछ । यति मात्र होइन कम्पनीले यो स्मार्टफोनमा स्क्रीन साइजको छान्ने विकल्प पनि ग्राहकहरुलाई दिएको छ । ग्राहकले आफ्नो रुची र आवश्यकता अनुसार ३.५ इन्चको स्क्रीन वा ४ इन्चको स्क्रीन भएको स्मार्टफोन खरिद गर्न सक्नेछ ।
यसका साथै ग्राहकले आफ्नो सुविधाअनुसार २ सिम प्रयोग हुने वा एक सिम प्रयोग हुने हेडसेट खरिद गर्नसक्नेछ । अल्काटेल वनटच पिक्सी फोन सीरीजको यो फोनमा ४ जी सपोर्ट गर्दछ ।
अल्काटेलले यो स्मार्टफोन कहिलेसम्म बजारमा आउँछ र कति बजार मूल्य हुने भनेर कुनै जानकारी दिएको छैन् । तर यो फोन छिटै नै बजारमा देख्न पाइने अनुमान गरिएको छ । अल्काटेलको यो स्मार्टफोन एउटा बजेट स्मार्टफोन हुने अनुमान भने गरिएको छ ।
प्रकाशित: २ माघ २०७१, शुक्रबार