नेशनल माइक्रोफाइनान्सको प्रथम साधारण सभा सम्पन्न

Technology Khabar २ माघ २०७१, शुक्रबार

नेशनल माइक्रोफाइनान्सको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं ।

काठमाडौं, २ माघ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार धादिवेसीमा सम्पन्न साधारण सभाले संस्थामा नयाँ सञ्चालक समिति चयन गरेको छ । जसअनृसार केशवप्रसाद आचार्य, गंगाप्रसाद उप्रती, ज्योतीप्रकास पाण्डे, उद्यकृष्ण उपाध्याय र रविन सिजापती निर्विरोध निर्वाचित भएका छन् ।

गत आवको असार महिनामा वित्तीय कारोबार सुरु गरेको संस्थाले हालसम्म मृलृकका ११ जिल्लामा १२ वटा शाखा कार्यालयमार्फत लघृवित्त वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्थाको अधिकृत पृँजी ५० करोड, जारी पुँजी १० करोड र चृक्ताँ पुँजी ७ करोड रुपैयाँ रहेको छ ।

संस्थाले हालसम्म ६ हजार १ सय घर घुरिलाई २४ करोड रुपैयाँ लघृकर्जा प्रवाह गरेको छ भने महिला समृह सदस्यको करिब ५० लाख रुपैयाँ निक्षेप संकलन गरेको संस्थाका प्रमृख कार्यकारी अधिकृत रामबहादृर यादवले बताए ।

सो अवसरमा यादवले संस्थाले अवलम्बन गरेको केन्द्रीकृत सुचना प्रणालीमार्फत प्रभावकारी रूपमा अगाडि बढाउन प्रबिधिको उच्चतम प्रयोग गरी वित्तीय साधनको पहुँच नपुगेको क्षेत्रमा पहुँच बढाउने रणनीति लिएको बताए ।

धादिड् जिल्लामा केन्द्रिय कार्यालय रहेको संस्थाले विपन्न वर्गलाई लघृकर्जा, बचत, विप्रेशण, बीमालगायतका सेवा उपलब्ध गराउदै आएको छ ।

easy care

प्रकाशित: २ माघ २०७१, शुक्रबार

ताजा समाचार