नेपाली युवा उद्यमी मञ्चले बूट क्याम्प गर्ने

Technology Khabar २ माघ २०७१, शुक्रबार

नेपाली युवा उद्यमी मञ्चले बूट क्याम्प गर्ने

काठमाडौं ।

काठमाडौं, २ माघ । नेपाली युवा उद्यमी मञ्चले अमेरिकी राजदूतावासको सहकार्यमा इन्टरप्रिनर्स बूट क्याम्प आयोजना गर्ने भएको छ । मञ्चले बुधवार पत्रकार सम्मेलन गरि आगामी फागुन १४, १५ र १६ गते पार्क भिलेज रिर्सोट काठमाडौंमा क्याम्प आयोजना गर्न लागेको जानकारी दियो ।

मञ्चका प्रेस संयोजक सुदर्शन बस्नेतले युवाहरुलाई उद्यमशीलताको विकास गराउन यो कार्यक्रम गर्न लागिएको जानकारी दिए । उनले बुट क्याम्पमा छनौट भएका युवालाई उद्यमशीलताको लागि यथाशक्य सहयोग गरिने बताए ।

मञ्चका अध्यक्ष निरञ्जन श्रेष्ठले उद्यमशीलताको विकासका नेपालमै पहिलो पटक कार्यक्रम आयोजना गरिएको बताउँदै यो कार्यक्रम वार्षिक दुईवटा गरिने जानकारी दिए । अमेरिकी दूतावासका प्रतिनिधि टड युङ्गेनबर्गले नयाँ सोच भएका युवालाई उद्यमशीलतामा ल्याउने कार्यक्रमले उत्साहित बनाएको बताए ।

अनलीज योर आइडियाज् भन्ने मूल नाराका साथ गरिने यो बुट क्याम्पमा देशैभरीबाट खुला प्रतिस्पर्धामार्फत ३२ जना युवा युवतीको छनोट गरी उनीहरुको व्यावसायिक सोचलाई मुर्त रुप दिन विभिन्न विषयमा तालिम दिइने छ । उनीहरुलाई कसरी व्यवसाय सुरु गर्ने, व्यावसायिक योजना बनाउने जस्ता विषयमा देशका सफल उद्यमी व्यवसायीबाट प्रशिक्षण दिने तथा उनीहरुको समन्वयमा सहभागिलाई नै पूर्ण व्यावसायिक योजना बनाउन लगाइने छ ।

तीन दिन सम्म आवासीय बूट क्याम्पमा तयार पारिएको व्यावसायिक योजनालाई स्वतन्त्र निर्णायक मण्डलमा प्रस्तुत गरी उत्कृष्ट योजना बनाउने एक जना सहभागीलाई नेपाली युवा उद्यमी मञ्चले बनाउन लागेको इन्क्युवेशन सेन्टर र एक्सिलेटर प्रोग्राममा सहभागी गराइने छ । यस कार्यक्रमले ३२ जना यूवालाई उद्यमी बन्न प्रेरित गर्ने र उद्यम सुरु गर्न सहयोग पुर्याउने बताईएको छ ।

Sajilo Visa

प्रकाशित: २ माघ २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार