काठमाडौं ।
काठमाडौै, २ माघ । भारतको ख्यातीप्राप्त आम्रपाली ग्रुपको मम्स कम्पनीबाट उत्पादित बिभिन्न खाद्य सामग्री नेपालको गौतमश्री ग्रुपले नेपाली बजारमा बिक्री सुरु गरेको छ ।
मम्स कम्पनीका प्रमुख कार्यकारी निर्देशक संजिब शर्मा र गौतमश्री ग्रुपका अध्यक्ष राम बहादुर गौतमले भारतको राजधानीमा रहेको आम्रपाली ग्रुपको कार्यालयमा एक कार्यक्रमका विच संझौतापत्रमा हस्ताक्षर गर्दै कारोबार सुरु गरेकाे घोषणा गरेका हुन् । मम्स कम्पनलीले सुगर फ्रि कर्नफ्लेक्स, सुगर सहितको कर्नफ्लेक्स, आँपको अचार, मिक्स अचार, कागतीको अचार, ग्रिन चिल्ली अचार, टमाटो सस लगायतका खाद्य सामग्रीको उत्पादन गरिरहेको छ ।
बिभिन्न देशमा निर्यात गरिरहेको कम्पनीका सामाग्री नेपाली बजारमा गौतमश्री फुड नेपाल प्रालीले ल्याएको प्रेस विज्ञप्तिमार्फत जनाएकोछ । कम्पनीबाट उत्पादित उत्कृष्ठ उत्पादन ५ केजी, १ केजी, ५०० ग्राम, २५० ग्राम र २०० ग्रामका प्याकमा काठमाडौंका बिभिन्न सुपरमार्केट, ग्रोसरी, मार्ट लगायत उपत्यका बाहिर पनि बिक्री सुरु गरेको गौतमश्री फुड नेपाल प्रालिका प्रबन्ध निर्देशक राम बहादुर गौतमले बताए ।
भारतभर ख्याती कमाएको मम्सका उत्पादन नेपाली उपभोक्ता माझ लोकप्रिय बन्ने गौतमको दाबी छ । बार्षिक करोडौंको कारोबार लक्ष लिएको र अर्को बर्ष कारोबारमा ठूलो फड्को मार्दै दोब्बर बढाउने कम्पनीका कन्ट्रि मेनेजर जनक ओलीले बताए ।
प्रकाशित: २ माघ २०७१, शुक्रबार