Technology Khabar १ माघ २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, १ माघ । लेनोभोले नयाँ ट्याबलेट ट्याब२ एसेभेन-टेन (Tab2 A7-10)लन्च गरेको छ । लेनोभोले नयाँ ७ इन्चको स्क्रीन भएको लो-बजेटमा आधारित ट्याब लन्च गरेको हो । यो ट्याबलेट भारतीय इकमर्श साइट स्न्यापडिलमा मात्र उपलब्ध रहेको छ ।
लेनोभोको यो ट्याबलेटमा १.३ गीगाहर्ज क्वाड कोर प्रोसेसर रहेको छ भने यो ट्याब एन्ड्रोयडको किटक्याट ४.४ भर्सनमा आधारित छ ।
लेनोभोले नयाँ ट्याबलेट केहि दिन अघि अमेरिकाको लस भेगासमा आयोजित सिईएस २०१५ मा सार्वजनिक गरेको थियो जुन भारतीय बजारमा आएको हो । कम्पनीको इण्डिया निर्देशक रोहित मिधाकाअनुसार यो नयाँ ट्याबलेटमा यूजर्सले कम मूल्यमा निकै राम्रो फीचर्स पाउनेछन् । यो ट्याब इन्ट्रिी लेभलको सेगमेन्टमा मनपराउने कम्पनीले आशा गरेको छ ।
यो ट्याबलमा लेनोभो डु इट एप पहिले नै राखिएको छ । भने आवश्यक विभिन्न फीचरहरु उपलब्ध रहेको बताईएको छ ।
ट्याल ए सेभेन १० मा साथ इन्चको १०२४X६०० पिक्सलको रिजोल्यूशनसहितको आफ्नो नयाँ ७ इन्चको स्क्रीन रहेको छ । यो ट्याबलमा एन्ड्रोयड ५.० ललिपप अपडेट हुन्छ वा हुँदै यो विषयमा कुनै जानकारी छैन् ।
नयाँ ट्याबलेटमा १ जीबीको र्याम राखिएको छ भने ८ जीबीको इन्टरनल मेमोरी रहेको छ, जुन एसडी कार्डद्धारा ३२ जीबीसम्म बढाउन सकिन्छ । लेनोभोको यो ट्याबमा ०.३ मेगापिक्सलको फ्रन्ट क्यामरा भएपनि रियर क्यामरा राखिएको छैन् । यसको मूल्य भारतमा ४ हजार ९ सय ९९ भारतीय रुपैंया तोकिएको छ ।
लेनोभो Tab2 A7-10को विशेषताहरु-
-स्क्रीन- ७ इन्च (१०२४x६००) आईपीएस डिस्प्ले
– प्रोसेसर-१.३ गीगाहर्ज क्वाड कोर मीडिया टेक
– र्याम- १ जीबी, ८ जीबी इंटरनल स्टोरेज, माइक्रो एसडी
– ओएस- एड्रोयड ४.४ किटक्याट, ५.० अपग्रेडको व्यवस्था
– मोटाई-९.३ मिमी
– क्यामरा-०.३ भीजीए फ्रंट फेसिङ
– अडियो- ३.५ मिमी अडियो ज्याक, फ्रंट फेसिंग स्पीकर, डल्बी साउण्ड
– अन्य फीचर- वाई-फाई ८०२.११, ब्लूटूथ ४.०, जीपीएस
– ब्याट्रि- ३४५० एमएएच
प्रकाशित: १ माघ २०७१, बिहीबार