एप्पलले आइपड शफलको उत्पादन बन्द गर्नसक्ने

Technology Khabar ३० पुष २०७१, बुधबार

एप्पलले आइपड शफलको उत्पादन बन्द गर्नसक्ने

काठमाडौं, ३० पुस । एप्पलले अब आफ्नो लोकप्रिय ग्याजेट बन्द गर्न लागेको छ । रिपोर्टका अनुसार कम्पनीले आइपड शफल (Ipod Shuffle) यो वर्ष बन्द गर्न लागेको हो । कम्पनीले यसपछि यो प्रोडक्टको उत्पादन नगर्ने भएको हो ।

एप्पलको बारेमा समाचार दिने वेवसाइट नाइनटूम्याक(9tomac)का अनुसार स्टोर्समा यो प्रोडक्सको स्टक सक्न लागिएको छ भने आइपड शफलको आयात गरिनेछैन् । यसको आधारमा आइपड शफलको उत्पादन बन्द गर्न लागिएको अनुमान गरिएको हो ।ipodshufflemain

पछिल्लो वर्ष कम्पनीले आइपड क्लासिकको उत्पादन बन्द गरेको थियो । आइपड क्यासिकको उत्पादन र बिक्री बन्द भएपछि अनलाइन इकमर्श साइटमा फ्यानहरुले आइपड क्यासिकलाई अधिक मूल्यमा खरीद गर्ने होडबाजी चलेको थियो । अब यो क्रम आइपड शफलको लागि पनि हुने अनुमान गरिएको छ ।Ipod

एप्पलले आइपड शफल सन् २००५ मा विश्व बजारमा लन्च गरेको थियो । यो चौथो जेनेरेशनको आइपड हो । यो एप्पलको सबै आइपड डिभाइसहरुमध्ये सबैभन्दा सस्तो तथा प्रयोग गर्न निकै सहज डिभाइस हो । आइपड शफलको बजार मूल्य ४० पाउण्ड मात्र तोकिएको थियो ।

प्रकाशित: ३० पुष २०७१, बुधबार

Comments are closed.

Loading...