Technology Khabar ३० पुष २०७१, बुधबार
काठमाडौं ।
काठमाडौं, ३० पुस । कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुंगले आज टाइजेन (Tizen) अपरेटिङ सिष्टममा आधारित स्मार्टफोन विश्व बजारमा सार्वजनिक गरेको छ । सामसुंगले भारतको राजधानी नयाँ दिल्लीमा एक कार्यक्रमका बिच नयाँ स्मार्टफोन जेड वन (Z1) विश्व बजारमा सार्वजनिक गरेको हो ।
सामसुंगको चर्चित अपरेटिङ सिष्टम टाइजेनको स्मार्टफोनको बारेमा कयौं दिनदेखि चर्चा परिचर्चा चलिरहेको थियो । कार्यक्रममा सामसुंग इण्डिया इलेक्ट्रोनिक्सका प्रेसिडेन्ट तथा सिईओ ह्यून चिल हुङले भने, ‘भारतमा स्मार्टफोन्सको बजार निरन्तर बढिरहेको छ । यूजर्स आफ्नो डिभाइसलाई भिडियो, टिभी प्रोगामहरु, भिडियो गेम्स तथा कयौं एप्सको लागि प्रयोग गरिरहेका छन् ।’
सामसुंगले टाइजेन स्मार्टफोनका लागि मोबाइलमा लाइभ टिभीको सेवा दिने कम्पनी नेक्स्टजी टिभी (NextG TV) तथा बक्स टिभी (Box TV) का साथ पनि विशेष सम्झौता गरेको छ । यो सम्झौतापछि यूजरले ७ हजार भन्दा बढि बलिउड तथा हलिउड मूभीज पनि स्मार्टफोनमा हेर्न सक्नेछन् । तर यसको लागि प्रयोगकर्ताले १ हजार ७ सय ५० भारतीय रुपैंया मुल्य तिर्नुपर्नेछ । सामसुंगले हंगामा डटकम (hangama.com) सँग पनि एक सम्झौता गरेको छ जसको माध्यमबाट प्रयोगकर्ताले म्यूजिक स्ट्रीमिङ तथा डाउनलोडपनि गर्न सक्नेछन् ।
विशेषत गूगलको नयाँ अपरेटिङ सिष्टम एन्ड्रोयड वनलाई बजारमा चुनौति दिने उदेश्यका साथ सामसुंगले टाइजेन अपरेटिङ सिष्टमयुक्त स्मार्टफोन भारतीय बजारमा पहिलो पटक सार्वजनिक गरेको बताईएको छ । सामसुंग पहिले टाइजेन अपरेटिङ सिष्टम भारतमा सार्वजनिक गर्ने पक्षमा थिएन् । तर केहि महिना अघि गूगलले भारतबाट नै आफ्नो बजेट स्मार्टफोनका लागि तयार पारेको एन्ड्रोयड वन अपरेटिङ सिष्टम सार्वजनिक गरेपछि सामसुंगले पनि आफ्नो ध्यान भारतीय बजारमा केन्द्रित गरेको हो ।
सामसुंग टाइजेन अपरेटिङ सिष्टमद्धारा भारतको बजेट स्मार्टफोन बजारमा आफ्नो उपस्थिती ससक्त पार्ने कोशिस गर्नेछ । भारतमा यो अपरेटिङ सिष्टममा आधारित स्मार्टफोन जेड वनको बजार मूल्य ५ हजार ७ सय भारतीय रुपैंया अर्थात ९२ अमेरिकी डलर तोकिएको छ ।
सामसुंगको टाइजेनमा आधारित पहिलो स्मार्टफोन जेड वन सेतो, कालो तथा वाइन रेड रंगहरुमा उपलब्ध रहेको छ ।
सामसुंग टाइजेन जेड वन स्मार्टफोनको विशेषताहरु
प्रकाशित: ३० पुष २०७१, बुधबार