केबल ३ सेकेण्डमा १० हजार वटा माइक्रोम्याक्स यूरेका बिक्री

Technology Khabar २९ पुष २०७१, मंगलवार

केबल ३ सेकेण्डमा १० हजार वटा माइक्रोम्याक्स यूरेका बिक्री
Classic Tech
Nepal Telecom

काठमाडौं, २९ पुस । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सको नयाँ यू (Yu) ब्राण्डको यूरेका (Yureka) स्मार्टफोन ३ सेकेण्डमा नै सोल्ड आउट भएको छ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले आफ्ना उत्पादनहरुको बिक्रीका प्रयोग गर्ने गरेको तरिकाद्धारा माइक्रोम्याक्सले आफ्नो स्मार्टफोन यूरेका बिक्री गरेको हो ।

भारतीय बजारमा माइक्रोम्याक्सले १० हजार यूनिट स्मार्टफोन ३ सेकेण्डमा नै बिक्री गरेको हो । यू (Yu) को अफिशियल ट्विटर एकाउन्टमा ट्विट गर्दै कम्पनीले केबल तीन सेकेण्डमा नै आजको सेलमा १० हजार यू (Yu) यूनिट सोल्ड आउट भएको जानकारी दिएको छ ।2

कम्पनीले यो फ्ल्यागशिपको आगमी बिक्री २२ जनवरीमा हुने जानकारी पनि दिएको छ । तर यसको लागि रजिस्ट्रेशनको बारेमा भने कुनै जानकारी छैन् । आज भएको सेलमा यू यूरेकाको १० हजार यूनिट बिक्री गरिएको थियो ।

यो बिक्रीका लागि करिब ३ लाख व्यक्तिहरुले दर्ता गरेका थिए, जसमध्ये १० हजारलाई मात्रै यो स्मार्टफोन उपलब्ध भएको छ । यो स्मार्टफोनको बिक्री आगामी ९ दिनपछि मात्रै हुनेहुँदा खरिदकर्तालाई निराश गर्नसक्ने अनुमान गरिएको छ ।Micromax-Yureka-Camera-SpritAmplifier-1024x619

यू अहिलेसम्मको सबैभन्दा सस्तो फोरजी (4G) फ्याबलेट हो । यसअघि शाओमीलाई निकै राम्रो प्रतिक्रिया हासिल भएको थियो । तर यूरेकाको फीचर्सको आधारमा कम मूल्यमा आकर्षक स्मार्टफोन भएको हुँदा यसले आगामी दिनमा शाओमीलाई कठिन हुने देखिएको छ ।

यो स्मार्टफोनको अपरेटिङ सिष्टम साइनोजेन ६१० हो, यसमा क्वालकम स्न्यापड्र्यागन ६४ बिटको १.५ गीगाहर्जको अक्टा कोर प्रोसेसरका साथ एड्रेनो ४०५ जीपीयू  छ जसले निकै ठूलो फाइलहरुलाई पनि सहजरुपमा ट्रान्सफर गर्न सक्दछ । २ जीबी र्यामसहितको यो फोन हरेक किसिमको गेम सपोर्टिभ छ जसको आन्तरिक मेमोरी १६ जीबीछ ।

यो स्मार्टफोनको डिस्प्ले ५.५ इन्चको छ जसको पिक्सेल डेन्सिटि २६७ पिक्सेलका साथ गोरिल्ला ग्लास ३ प्रोटेक्शन रहेको छ । यो फोनको रियर क्यामरा १३ मेगापिक्सलको हो भने फ्रन्ट फेसिङ क्यामरा ५ मेगापिक्सलको छ । यसमा २५०० एमएएच क्षमताको ब्याट्री छ भने एन्ड्रोयड ४.४.४ भर्सनमा आधारित छ ।

यो फोनको बजार मूल्य भारतीय बजारमा१ सय ४५ अमेरिकी डलर अर्थात ८ हजार ९ सय ९९ भारतीय रुपैंया रहेको छ । यो स्मार्टफोन भारतीय बजारमा केबल अम्याजन इन्डियामा मात्र खरिद गर्न सकिनेछ ।

TK Viber

प्रकाशित: २९ पुष २०७१, मंगलवार

Comments are closed.

Loading...