लौ हेर्नुहोस् सुनको कभरसहितको आइफोन ६ तथा आइफोन ६प्लस

Technology Khabar २७ पुष २०७१, आईतवार

लौ हेर्नुहोस् सुनको कभरसहितको आइफोन ६ तथा आइफोन ६प्लस
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २७ पुस । विश्वभर पहेँलो धातुको नामले पनि चिनिने सुन निकै महंगो धातु मानिन्छ । सुन विशेषगरी गहनाको रुपमा प्रयोग गर्ने प्रचलन धेरै पहिलेदेखि नै हो । नेपालमा पनि सुनलाई महंगो धातुको रुपमा गरगहनाको रुपमा प्रयोग गर्दै आईएको छ । तर चीनको एक कम्पनीले भने सुनलाई एप्पलको आइफोन ६ तथा आइफोन ६ प्लसमा उपयोग गरेको छ ।Gold Iphone 2

यदि एप्पलको आइफोन ६ तथा आइफोन ६ प्लसलाई अहिलेको समयमा सबैभन्दा उत्कृष्ट र महंगो फोन मान्ने हो भने त्यो अब गलत हुनेछ । चीनको कम्पनीले आइफोन ६ तथा आइफोन ६ प्लसलाई २४ क्यारेटको सुनद्धारा मोरिएर (कभर गरेर) अझ आकर्षित र महंगो बनाउँदै बजारमा सार्वजनिक गरेको छ ।Gold Iphone 3

चीनियाँ कम्पनी नाभज्याकले आइफोन ६ तथा आइफोन ६ प्लसको गोल्ड प्लेटेट भर्सन सार्वजनिक गरेको छ । यो फोन कम्पनीको लिमिटेड एडिशनको अनुसार उपलब्ध हुनेछ । गोल्ड प्लेटेड फोनको ब्याक कार्वन फाइवरद्धारा फर्निश हुनेछ । कम्पनीले फोनको अगाडि गोरिल्ला ग्लास ३ पनि लगाएको छ ।Gold Iphone 4

कम्पनीलेआइफोन ६ तथा आइफोन ६ प्लसको कर्भ्ड एरियामा पनि सुनको कभर लगाएकोछ भने अगाडीको होम बटनमा पनि सुनले घेरेकोछ ।  चीनियाँ कम्पनीले सुनद्धारा घेरिएको आइफोन ६ तथा आइफोन ६ प्लस बनाएपनि फीचर्स तथा बाँकी हार्डवेयरमा भने कुनै परिवर्तन गरेको छैन् ।

त्यसैगरी गोल्ड प्लेटेट आइफोन ६ तथा आइफोन ६ प्लस बजारमा एक विशेष प्याकमा उपलब्ध हुनेछ, जुन एप्पलको परम्परागत बक्स प्याक भन्दा फरक रहेको छ ।

आइफोन ६ तथा आइफोन ६ प्लसको गोल्ड प्लेटेड भर्सनको बजारमा मुल्य हालसम्म कम्पनीले सार्वजनिक गरेको छैन् । एजेन्सी

Sajilo Visa

प्रकाशित: २७ पुष २०७१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार