लेनोभोको सस्तो फोरजी स्मार्टफोन ए ६०००

Technology Khabar २७ पुष २०७१, आईतवार

लेनोभोको सस्तो फोरजी स्मार्टफोन ए ६०००

काठमाडौं ।

काठमाडौं, २७ पुस । चीनियाँ इलेक्ट्रोनिक कम्पनी लेनोभोले विहिबार लास भेगासमा आयोजीत कन्ज्यूमर इलेक्ट्रोनिक्स शो २०१५ (CES 2015) मा आफ्नो नयाँ स्मार्टफोन ए६००० (A6000) लन्च गरेको छ । लेनोभोले लन्च गरेको यो स्मार्टफोन हालसम्मको सबैभन्दा सस्तो फोरजी नेटवर्क भएको स्मार्टफोन रहेको बताईएको छ । हालसम्म माइक्रोम्याक्स यूको यूरेका तथा माईक्रोसफ्ट लुमिया ६३८ सस्तो फोरजी स्मार्टफोन हो तर यो फोन यी दूईभन्दा पनि सस्तो हुने बताईएको छ ।

लेनोभोको यो नयाँ स्मार्टफोनमा ५ इन्चको डिस्प्ले रहेको छ भने १.२ गीगाहर्जको क्वाड कारेर ४१० ६४ बिट स्न्यापड्रायगन प्रोसेसर छ । यो फ्ल्यागशिप फोनको र्याम १ जीबी छ । यो फोनमो दुईवटा स्पीकर राखिएको छ भने यसको इन्टरनल मेमोरी ८ जीबीको छ ।

यो स्मार्टफोनमा ८ मेगापिक्सलको रियर क्यामरा छ भने २ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ । लेनोभोको नयाँ स्मार्टफोनमा २३०० एमएएच क्षमताको रिमूभेवल ब्याट्री रहेको छ । दुईवटा सीम प्रयोग गर्न मिल्ने यो फोन एन्ड्रोयडको किटक्याट ४.४ मा आधारित छ ।

यो फोन छिमेकी मुलुक भारतमा अनलाइन रिटेलर फ्लिपकार्टद्धारा बिक्री गरिनेछ । यसभन्दा पहिलो पनि लेनोभोले भाइव एक्स२ स्मार्टफोन फ्लिपकार्टमा मात्रै बिक्री गर्ने घोषणा गरिरहेको छ । यो फोन भारतीय बजारमा करिब ८ हजार भारतीय रुपैंयाको हाराहारीमा हुने अनुमान गरिएको छ ।

easy care

प्रकाशित: २७ पुष २०७१, आईतवार

ताजा समाचार