इजरायली कृषिमन्त्री दुई दिने नेपाल भ्रमण पछि फिर्ता

Technology Khabar २७ पुष २०७१, आईतवार

इजरायली कृषिमन्त्री दुई दिने नेपाल भ्रमण पछि फिर्ता

काठमाडौं ।

काठमाडौं, २७ पुस । इजरायली कृषिमन्त्री याइर शमीर आफ्नो दुई दिने औपचारिक भ्रमण पूरा गरेर सम्पूर्ण टोली सहित शुक्रबार इजरायल प्रस्थान गरेका छन् । इजरायल प्रस्थानहुनु पूर्व त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसंग कुरा गर्दै उनले आफ्नो नेपाल भ्रमण सफल रहेको जानकारी दिए । “यो एक फलदायी यात्रा भएको छ र मैले धेरै प्रेरणादायक मान्छेहरुसँग भेट गर्न पाएँ , मन्त्रीले भने ।

दुईदिने भ्रमणमा मन्त्री शमीरले नेपालका कृषिमन्त्री हरीप्रसाद पराजुलीसंग भेट गरेका थिए । साथै राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, पररष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापासंग पनि औपचारिक भेट गरे ।

भेटघाटमा दुई देश बीच रहँदै आएको दौत्य सम्बन्धअझ कसरी प्रगाढ गर्ने भन्ने विषयमा छलफल भएकोे जनाइएको छ साथै भविष्यमा कृषि क्षेत्रमा हुनसक्ने सहकार्यको बारेमापनि छलफल भएको थियो।

उनले कृषिमन्त्री हरीप्रसाद पराजुलीका साथ काठमाण्डौमा कृषि तथा कृषि प्रविधिमा भएको एक सेमिनारको संयुक्त रूपमा उद्घाटन गरेका थिए भने कृषिमन्त्री पराजुलीलाई इजरायलको टेल–अभिअशहरमा २८–३० जनवरीमा २०१५ हुनगइरहेको  मा सहभागीहुनऔपचारिक निमन्त्रणा पनि दिए  ।

इजरायलको अन्तर्राष्ट्रिय विकास सहयोग गर्ने एजेन्सी – मसाभबाट श्री गिल हस्केल्,  मसाभ हेडले भने “इजरायली प्रविधिहरु नेपालसँग  सहर्ष साट्दैछौं  । ३००० भन्दा बढी नेपालीहरु विभिन्न क्षेत्रहरुका  मसाभ ट्रेनिङ्हरुमा गैसकेका छन र दर्जनौं नेपालीहरुले हरेक वर्ष इजरायली सरकारबाट छात्रवृत्ति प्राप्त गर्दैछन्।’

मन्त्रीशमीर चार सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका थिए भने साथमा इजरायली व्यापारी टोली पनि आएका थिए ।

यो वर्ष नेपाल–इजरायल दौत्य सम्बन्धको ५५ औं वर्ष गाँठ इजरायली राजदूतावासले विभिन्न कार्यक्रमका साथमनाउँदै छ । यो भ्रमण ती कार्यक्रमहरूको शुरूवात भएको दूतावासले जनाएको छ ।

नेपाल–इजरायलबीच दौत्य सम्बन्ध सन् १९६० मा भएको थियो । यस सम्बन्धलाई इजरायलले निकै महत्वका साथ हेर्ने गर्छ तथा नेपाल विकास सहायताकालागि इजरायलले कृषि, स्वास्थ्य, शिक्षाआदि क्षेत्रमा मानव संसाधन विकासकालागि टेवा पुर्याउँदै आएको जानकारी दिएको छ ।

easy care

प्रकाशित: २७ पुष २०७१, आईतवार

ताजा समाचार