बैंकर रविनालाई अन्तर्राष्ट्रिय अवार्ड

Technology Khabar २५ पुष २०७१, शुक्रबार

बैंकर रविनालाई अन्तर्राष्ट्रिय अवार्ड
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २५ पुस । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले सिंगापुरबाट प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी छिन ।

इन्डोनेसियाका राजाको प्रमुख आतिथ्यतामा सिंगापुरमा एक समारोहका बीच उनलाई ‘लेडी अफ एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको हो । गत कात्तिकमै घोषणा गरिए पनि यही सोमबार मात्रै यो अवार्ड प्रदान गरिएको हो । अवार्डका लागि मनोनयनमा परेका एसियाका ६ सय १३ जना महिलामध्ये उनी २० जना भित्र छानिएकी हुन । अवार्डका लागि २७ वटा राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए ।

बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई छनौट गरिएको पुरष्कार प्रदान गर्ने संस्था एसई एसियाले जनाएको छ ।

‘नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा थप सक्रिय रहन मलाई यस अवार्डले प्रोत्साहन मिलेको छ । यसले आगामी दिनमा सिंगापुरबाट अरु नेपालीलाई पनि अवार्ड प्राप्त गर्ने बाटो खुलेको छ ।’ अवार्ड ग्रहण गरेपछि श्रेष्ठले भनिन् ।

अवार्ड विजेता श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडको नायब महाप्रबन्धकका साथै चिफ बिजेनश अफिसर हुन् ।

Sajilo Visa

प्रकाशित: २५ पुष २०७१, शुक्रबार

तपाइको प्रतिक्रिया