Technology Khabar २५ पुष २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौँ, २५ पुस । कोका–कोलाले एशियन इन्टीच्यूट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टसँग सहकार्य गर्दै पहिलो पटक नेपालमा कियोस्क कन्टेनर (Kiosk Container) को स्थापना गरेको छ ।
कियोस्क कन्टेनर मुख्यतः एउटा बुथ अथवा सानो पसल हो जसको एक (चाहिएको खण्डमा अरु पनि) पट्टि खुल्ला हुन्छ । कोका–कोलाको कियोस्क कन्टेनरबाट विक्रेताहरुले कोका–कोला, फ्यान्टा तथा स्प्राइट जस्ता कोका–कोला कम्पनीका उत्पादनहरुका साथै अन्य स्न्याक्सहरु पनि विक्री गर्न सक्ने बताईएको छ ।
यो फ्याब्रिकेसन गरिएको अत्याधुनिक कियोस्क कन्टेनर नेपाली बजारको लागि कोका–कोलाले प्रस्तुत गरेको नयाँ विचार हो । कियोस्क कन्टेनर नेपाली बजारमा ल्याउनुको मुख्य उद्देश्य विकसित देशहरुमा संस्थागत भएको व्यवहारलाई नेपाली अर्थतन्त्रमा सामेल गराउनु भएको कम्पनीको दाबी छ ।
कोका–कोलाको सो कियोस्क कन्टेनर को उद्घाटन प्याब्सनका अध्यक्ष तथा सभासद उमेश श्रेष्ठ र बोटलर्स नेपाली लि.का प्रबन्ध निर्देशक सल्मान लतिफ राँ को उपस्थितिमा भएको थियो । “यो कियोस्क कन्टेनरको चलन सबै विकसित देशहरुमा छ र यो नेपालमा पनि सफल हुन्छ भन्ने विश्वास हामीले लिएका छौँ । कियोस्क कन्टेनरको व्यवस्थाबाट हामीलाई युवाहरु माझ पुग्न पनि निकै सजिलो हुनेछ किनकी हामीले पनि कलेज ब्रेकहरुलाई रिफ्रेस गर्ने योजना बनाएका छौँ,” बोटलर्स नेपाली लि.का प्रबन्ध निर्देशक सल्मान लतिफ राँले भने ।
प्रकाशित: २५ पुष २०७१, शुक्रबार