Technology Khabar २५ पुष २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २५ पुस । के स्मार्टफोन चार्ज गर्न आवश्यक पर्ने चार्जर बोक्न दिक्क मान्नु हुन्छ ? अनि आफ्नो फोन बिना तार चार्ज गर्ने कल्पना गर्नु हुन्छ । यदि यस्तो हो भने तपाईँको कल्पना साकार हुने भएको छ ।
अमेरिकाको कम्पनी वाईट्राईसिटीले एक म्याग्नेटिक रिजोनेन्समा आधारित टेक्नोलोजीको आविश्कार गरेको छ जसको माध्यमबाट बिना तार नै प्रयोगकर्ताले आफ्नो मोबाईल फोन चार्ज गर्न सक्दछ । कम्पनीले यो वर्षमा नै अमेरिकी बजारमा यो डिभाइस सार्वजनिक गर्ने संभावना खोजिरहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
कम्पनीको वरिष्ठ प्रोडक्ट म्यानेजर ग्रान्ट रेगले प्रेससँगको कुराकानीमा यो रेजेन्स टेक्नोलोजी परिक्षणको प्रकृयामा रहेको र यसले तारसँग जोडिएको चार्जरको स्थान लिने अपेक्षा धेरै टाढा नभएको बताए ।
उनले भने, ‘कयौं मोबाईल फोन कम्पनीहरुले रेजेन्स टेक्नोलोजीमा इच्छा राखेका छन् र उनिहरुले यसलाई आफ्नो फोनहरुमा समाहित गर्ने संभावना खोजिरहेका छन् । यो प्रविधि अमेरिकी बजारमा कुनैसमय पनि आउने छ ।’
यो प्रविधिको माध्यमबाट प्रयोगकर्ताहरुले एक चार्जिङ प्याडमा मोबाईल राखेर त्यसलाई चार्ज गर्नसक्नेछन् । यो चार्जिङ प्याण्डमा इन्डक्शन क्वायल राखिएको हुनेछ ।
सामसुंग, एचपी, इन्टेल, माइक्रोसफ्ट, क्वालकम, एनईसी, आसुस, प्यानासोनिक, लेनोभो जस्ता विश्वस्तरीय कम्पनीहरुले एक टाईअप एडब्ल्यूपीको आधारमा यो टेक्नोलोजीलाई अपनाउने विषयमा पहिलेदेखि नै काम गरिरहेका छन् । एजेन्सी
प्रकाशित: २५ पुष २०७१, शुक्रबार