Technology Khabar २५ पुष २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २५ पुस । अमेरिकाको लस भेगासमा आयोजना भईरहेको सिईएस २०१५मा एकपछि एक नयाँ ग्याजेट तथा इलेक्ट्रोनिक्स डिभाइस सार्वजनिक भईरहेका छन् । यसै सिलसिलामा शोमा निकै आकर्षक स्मार्टफोन सेगस भी२ (SAYGUS V2) लन्च गरिएको छ । यो स्मार्टफोनमा हरेक प्रयोगकर्ताले चाहेका विभिन्न फिचर्स उपलब्ध रहेको बताईएको छ ।
यो डिभाइसमा ५ इन्चको डिस्प्ले छ जसको रिजोल्यूशन १०८० पिक्सल रहेको छ । सेगस भी२को रियर क्यामरा २१ मेगापिक्सल छ भने फ्रन्ट क्यामरा १३ मेगापिक्सल छ । यो स्मार्टफोनमा ३ जीबीको र्याम छ भने यो फोनमा दुईवटा मेमोरी कार्ड स्लट राखिएको छ । यसमा भएको दुईवटा मेमोरी कार्ड स्लटमा दुईवटा एसडी कार्ड प्रयोग गर्नसकिन्छ, जुन इन्टरनल मेमोरी ३सय २० जीबीसम्म बढाउन सकिन्छ । यो स्मार्टफोनमा २.५ गीगाहर्जको स्न्यापड्रायगन चीपसेट प्रयोग गरिएको छ ।
यो स्मार्टफोनमा भएको २१ मेगापिक्सल क्यामराले उत्कृष्ट तस्विर खिच्न सक्दछ । फोनमा इमेज स्टेबलाइजेशनको पनि सुविधा रहेको छ । फोनको स्पीकर निकै राम्रो छ जसबाट थ्रीडि अडियोको अनुभव दिन्छ । सेगस भी२ फोन पुरै वाटरप्रुफ स्मार्टफोन हो ।
यो स्मार्टफोनको बजारम मूल्य कति हो भन्ने कुनै जानकारी छैन् । उत्पादनकका अनुसार यो स्मार्टफोनको मूल्य यस रेन्जको अन्य फोनको बजार मूल्यलाई ध्यानमा राखेर निर्धारण गरिने बताईएको छ ।
प्रकाशित: २५ पुष २०७१, शुक्रबार