सिइएसमा ३ हजार ६ सय प्रदर्शक, ठूलाठूला हलहरुमा पनि अटाएन मेला (फोटो फिचरसहित)

Technology Khabar २४ पुष २०७१, बिहीबार

सिइएसमा ३ हजार ६ सय प्रदर्शक, ठूलाठूला हलहरुमा पनि अटाएन मेला (फोटो फिचरसहित)

काठमाडौं ।

लसभेगास, २४ पुस । संसारका अधिकांश ठूला कन्जुमर इलेक्ट्रोनिक्स उत्पादक सहभागी सिइएस (CES 2015) मेला यहि बुधबारदेखि सुरु भएको छ ।मेलामा विभिन्न नयाँ नयाँ उत्पादनहरु सार्वजनिक गर्ने क्रम पनि जारीछ ।

मेलामा थ्रिडी प्रिन्टीङ, अडियो, भिडियो, प्रसारण, अटोमोटिभ इलेक्ट्रोनिक्स, कम्युनिकेशन्स इन्फ्रास्ट्रक्चर, कम्प्युटर हार्डवेयर, सफ्टवेयर, डिजिटल इम्याजिङ, फोटोग्राफी, इलेक्ट्रोनिक गेमिङ, फिटनेस एन्ड स्पोर्टस, इन्टरनेट सर्भिस, अनलाइन मिडिया, रोबोटिक, स्मार्टहोम, स्टार्टअपहरु, लगाउन मिल्ने उपकरणहरु, वायरलेस डिभाइसहरु, सांगितिक सामग्री र तिनका एक्सेसरिज, अटोमोटिभ इलेक्ट्रोनिक्स, फिटनेस एन्ड स्पोर्टस, हेल्थ एन्ड बायोटेक, इमर्सिभ इन्टरटेनमेन्ट, ब्यक्तिगत सुरक्षा, स्मार्ट होम टेक्नोलोजी, थ्रिडी प्रिन्टिङ लगायतका प्रविधि प्रदर्शित छन् ।2

मेलामा ३ हजार ६ सय उत्पादक र प्रदर्शक सहभागी छन् । मेलामा राखिएका स्टलले २२ लाख बर्गफिट क्षेत्रफल ओगटेको छ । घरका सबै उपकरणलाई नेटवर्कमा जोडेर घरबाहिरैबाट नियन्त्रण गर्नेदेखि रिमोटले नियन्त्रण गर्ने रोबोट, अनुहारको थ्रिडी स्क्यान गर्ने स्क्यानर, त्यसलाई मुर्ती जस्तै निकाल्ने प्रिन्टर, औंठीमा जडान गरिएका रिमोट कन्टोल, सबैभन्दा सानो चार्जर, कर्भ मोवाइल, सेल्फी डोन लगायत सामग्रीले अबलोकनकर्तालाई आकर्षित गरेका छन् ।3

हरेक बर्ष अमेरिकाको यही शहरमा हुने मेला यस बर्ष सहभागीका हिसाबले समेत मेगा इभेन्ट बनेको छ । यहाँको सबैभन्दा ठूलो कन्भेन्सन सेन्टरका ठूलाठूला हलहरुमा नअटेर प्रदर्शकहरुलाई होटल, अन्य वरपरका भवन र खाली ठाँउमा स्टलहरु बनाएर राखिएको छ ।4

मेलामा उत्पादकका विभिन्न सामग्रीको प्रदर्शनीका साथै सूचना प्रविधि सम्मेलन, भेलालगायतका विशेष कार्यक्रमहरु हुँदैछन् । मेलामा संसारभरका सूचना प्रविधिका सामग्री उत्पादक कम्पनी, यस क्षेत्रमा कार्यरत संघसस्था, ब्यवसायी र पत्रकारहरु सहभागी छन् । हेरौै‌ मोबाइल्सखबरलाई मेलामा सहभागी भईरहेका आर्थिक पत्रकार एलएन घिमिरेद्धारा प्राप्त केहि तस्विरहरु

6

7

8

9

IMG_7660

easy care

प्रकाशित: २४ पुष २०७१, बिहीबार