माघ १४ गतेदेखि क्यान ईन्फोटेक आयोजना हुने

Technology Khabar २३ पुष २०७१, बुधबार

माघ १४ गतेदेखि क्यान ईन्फोटेक आयोजना हुने
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २३ पुस । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ)ले विगत २१ वर्ष देखि वर्षेनी आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेक आगामी मिती २०७१ माघ १४ गते देखि १९ गते सम्म काठमाण्डौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । क्यानले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यान ईन्फोटेक २०१५ को बारेमा जानकारी दिएको छ ।

“सुविसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल ईन्टेल बाई नियोटेरीक नेपाल” नाम राखिएको प्रदर्शनीमा मुख्य हलभित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहने छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु ९ गरी जम्मा २१९ स्टलहरु रहने बताईएकोछ ।

यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आइर्.सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हाल सम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेको क्यान महासंघले जानकारी दियो ।

विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेकको यो २१ औं संस्करण हो ।

यस २१ औं संस्करणको क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु रहेको तथा एशोसिएट प्रायोजन डेल ईन्टेल बाई नियोटेरीक नेपाल रहेको हुनाले यस संस्करणको अफिसियल नाम नै “सुविसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल ईन्टेल बाई नियोटेरीक नेपाल” रहेको छ, त्यस्तै प्लाटिनम स्पोन्सर–भायनेट, डायमण्ड स्पोन्सर –सामसुङ, गोल्ड स्पोन्सरहरु –वेभ सरफर तथा वर्ल्ड लिङ्क, सिल्भर स्पोन्सरहरु– कर्लस, हुुवाई, नेटिस र एस.पावर रहेका छन् भने प्रिन्ट स्पोन्सरमा – प्यानासोनिक स्मार्ट फोन रहेको छ ।

यस पटक क्यान ईन्फोटेकमा ४ लाख ५० हजारभन्दा बढी अवलोकन कर्ताहरु आउने आयोजकले  अपेक्षा गरेको ५ । क्यान ईन्फोटेक अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १५० र विद्यार्थीहरुलाई रु ७५ तोकिएको छ । २०७१ माघ १८ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ भने उक्त दिन विशेष गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्ने बताईएको छ ।

क्यान ईन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

यसैगरी क्यान आई.सी.टी कन्फेरेन्स यस वर्ष २०७१ माघ १८ र १९ गते होटेल एभरेष्ट, नयाँ बानेश्वर काठमाण्डौंमा हुने भएको छ । “ईन्फरमेशन कम्यूनिकेशन टेक्नोलोजी फर डेभलपमेन्ट एण्ड सोसियल ट्रान्सफरमेशन” मुल विषयमा सम्पन्न हुन लागेको सम्मेलनमा Emerging Technology for ICT4D, Public Service Delivery and Government Transformation, Knowledge Based Industry and Employment, Professional Skill Development for ICT4D विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नु हुने बताईएको छ ।

Sajilo Visa

प्रकाशित: २३ पुष २०७१, बुधबार

तपाइको प्रतिक्रिया