सामसङको जाडोयामका लागि “क्लिन एण्ड द बिऊटिफुल” योजना

Technology Khabar २३ पुष २०७१, बुधबार

सामसङको जाडोयामका लागि “क्लिन एण्ड द बिऊटिफुल” योजना

काठमाडौं ।

काठमाडौँ, २३ पुस । सामसङद्वारा नेपाली ग्राहकहरुका लागि नयाँ योजना ‘क्लिन एण्ड द बिऊटिफुल’ प्रस्तुत गरिएको छ ।

जाडोको मौसममा ग्राहकहरुलाई सफा गर्न, लुगा धुन, र आफनो त्वचाको ख्याल राख्नका लागि हुने कठिनाइलाई ध्यानमा राख्दै सामसङले क्लिन एण्ड द बिऊटिफुल योजना प्रस्तुत गरेको छ जसका माध्यमबाट ग्राहकहरुले हरेक सामसङका पूर्ण अटोमेटिक वासिङ मेसिनको खरिदमा सामसङ भ्याक्युम क्लिनर वा लोरियालको ब्यूटि प्रोडक्टहरु पाउने कम्पनीले जनाएको छ ।

बजार मूल्य रु ५५ हजार ९ सय ९० देखि रु ६६ हजार ९ सय ९० सम्मको फ्रन्ट लोडिङ वासिङ मेसिनको खरिदमा ग्राहकहरुले भ्याकुम क्लिनर पाउनेछन् । यसका साथै सामसङका रु २९ हजार ४ सय ९० देखि रु ३६ हजार ९ सय ९० को टप लोडिङ वासिङ मेसिनको खरिदमा ग्राहकहरुले रु लोरियलका ब्यूटि प्रोडक्टहरु पाउनेछन् । भ्याकुम क्लिनरले यस जाडोयाममा ग्राहकहरुलाई घर सफा राख्न मद्दत गर्नेछ भने लोरियलका ब्यूटि प्रोडक्टहरुले त्वचालाई रुखो हुनबाट बचाउँछ र स्वस्थ राख्न मद्दत गर्ने बताईएको छ ।

सामसङका फ्रन्ट लोडिङ वासिङ मेसिनमा भएको नविनतम इको बबल प्रविधिले धेरै फिंजकासाथ लुगाहरु कुशल रुपमा, लुगालाई केहि क्षति नपुग्ने तरिकाले धुन्छ ।  त्यसैगरी सामसङका टप लोडिङ  वासिङ मेसिनमा भएको उबल पुल्सटर सामसङको नविनतम प्रविधि हो जसमा तल र माथि, दायाँ र बायाँ बाट थ्रिडी डाइनामिक वासको प्रावधान रहेको कम्पनीले जनाएको छ ।

यी सासमङका वसिङ मेसिनमा भएका डिजिटल इन्भर्टर मोटरमा १० वर्षको वारेन्टी पनि उपलब्ध छ ।

यो योजना सामसङ प्लाजाका साथै सामसङका सबै डिलरहरुमा फेब्रुवरीको अन्त्यसम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २३ पुष २०७१, बुधबार

तपाइको प्रतिक्रिया