एन्ड्रोयड टिभी विश्व बजारमा आउँदै, फरवरीदेखि बिक्री शुरु हुने

Technology Khabar २३ पुष २०७१, बुधबार

एन्ड्रोयड टिभी विश्व बजारमा आउँदै, फरवरीदेखि बिक्री शुरु हुने
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २३ पुस । गुगलले हरेक समय आफ्ना यूजर्सलाई नयाँ प्रविधियुक्त डिभाइसहरु प्रदान गर्दै आएको छ । अब गुगलले पछिल्लो पटक यूजर्सलाई गूगलको अपरेटिङ सिष्टमयुक्त एन्ड्रोयड टेलिभिजन प्रयोग गर्ने अवसर दिन लागेको छ । गुगलले हालै लस भेगासको कन्ज्यूमर इलेक्ट्रोनिक्स शोमा एन्ड्रोयड टेलिभिजन सार्वजनिक गरेको छ ।google-introduces-android-tv-1

गुगलले ६ जनवरीमा आफ्नो ब्लग पोष्टमा यो जानकारी दिँदै सोनी, शार्प र फिलिप्सले फरवरीेदेखि एन्ड्रोयड टेलिभिजन बिक्री शुरु गर्ने जनाएको छ । गुगलका अनुसार एन्ड्रोयड टेलिभिजनमा ग्राहकले चाहेका सबै विषयहरु समेटिनेछन साथै टेलिभिजन हेर्नको लागि अन्य डिभाइसहरुको आवश्यकता हुनेछैन् ।

गुगलका अनुसार लाइभ टिभी च्यानल हेर्न, गेम खेल्न, मूभी हेर्न तथा गुगल प्ले अथवा अन्य एप्लिकेशनहरु एउटै रिमोट कन्ट्रोलबाट नियन्त्रण गर्न सकिन्छ । यो टिभीमा भ्वाइस सर्च जस्तो विशेष फिचर पनि हुनेछ । एन्ड्रोयड टिभी फोर के डिस्प्लेसहित ठूलो र सानो स्क्रीन साइजमा उपलब्ध हुनेछ।

तर एन्ड्रोयड टिभीतर्फ बजारको ध्यान आकर्षित गर्नको लागि गुगललाई केहि मद्धतको आवश्यकता पनि हुनेछ । यसको लागि सबैभन्दा पहिले गुगलले कन्ज्यूमर इलेक्टोनिक डिभाइस बनाउने कम्पनीहरुको सहयोग आवश्यक हुनेछ, जो एन्ड्रोयड टिभी डिभाइस बनाउन सकुन्।

यसभन्दा अगाडि पनि गुगलले आफ्ना टिभी अपरेटि० सिष्टमका लागि सहयोगीहरुको घोषणा गरिरकेको छ । गुगलले एन्ड्रोयड टिभी प्रोजेक्टमा पछिल्लो चार पाँच सालदेखि काम गरिरहेको छ ।

गुगलले सन् २००८मा पहिलो पटक एन्ड्रोयड स्मार्टफोन सार्वजनिक गरेको थियो जुन अहिले १ अर्बभन्दा बढि एन्ड्रोयड स्मार्टफोन प्रयोगकर्ता रहेका छन् ।

Sajilo Visa

प्रकाशित: २३ पुष २०७१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार