कार स्टार्ट गर्न र खोज्नसकिने हुन्डाईको मोबाईल एप

Technology Khabar २१ पुष २०७१, सोमबार

कार स्टार्ट गर्न र खोज्नसकिने हुन्डाईको मोबाईल एप

काठमाडौं ।

काठमाडौं, २१ पुस । दक्षिण कोरियामा एक नयाँ एप्लिकेशन तयार पारिएको छ जसको प्रयोगबाट कार संचालन गर्न सकिन्छ । कार निर्माता कम्पनी हुन्डाईले अमेरिकाको लास भेगासमा ६ जनवरीदेखि शुरुहुने कन्ज्यूमर इलेक्ट्रोनिक्स शो २०१५ मा ब्लू लिंक नामको यो एप्लिकेशन लन्च गर्ने तयारीमा छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै यो एपको प्रयोगबाट हुन्डाइ कार प्रयोग गर्ने ग्राहकहरुले अब भिडभाड भएको पाकिंङ जस्ता स्थानमा निकै परबाट नै आफ्नो कार लक अनलक गर्न सक्नेछन् । अथवा आवश्यकता परेको समयमा यो एपको माध्यमबाट इन्जीन स्टार्ट पनि गर्न सक्ने बताईएको छ । यो एप्लिकेशनद्धारा आफ्नो कार भिडमा खोज्न पनि मद्धत गर्नेछ ।

हुन्डाई मोटर अमेरिकाका ब्यारी राटजल्फले भने, ‘उपभोक्ताहरुको जीवनशैलीमा नयाँ प्रविधिको बढ्दो प्रयोग देखेर नै हुन्डाईले ब्लू लिंक नामको यो एपको विकास गरेको हो ।’

यो एपद्धारा कारको लाइट अन गर्न सकिनेछ, हर्न बजाउन सकिनेछ भने ब्रेक डाउनको अवस्थामा मद्धतको लागि संदेश पनि पठाउन सकिनेछ । कम्पनीका अनुसार यो एपको प्रयोग बोलेर पनि गर्न सकिनेछ । जस्तो कि स्टार्ट माई कार, लक माई कार, अवथा फाइन्ड माई कार जस्ता कमाण्ड पनि दिन सकिनेछ ।

यो एप एन्ड्रोयडका फोन प्रयोगकर्ताहरुले ब्ल्यूटूथका माध्यमबाट पनि प्रयोग गर्न सक्नेछन् । ब्लू लिंक एप गूगलको प्ले स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिनेछ, जुन सन् २०१५ को पहिलो त्रैमासिकमा बजारमा उपलब्ध हुनेछ ।

यो एपको टच स्क्रीन अथवा भ्वाइस कमाण्डको माध्यमबाट प्रयोग गर्न सकिन्छ । ब्लू लिंक स्मार्टवाच एपलाई हुन्डाईले स्टेशन डिजिटल मिडियाको साथमा मिलेर विकास गरेको हो । एजेन्सी

easy care

प्रकाशित: २१ पुष २०७१, सोमबार