Technology Khabar २१ पुष २०७१, सोमबार
काठमाडौँ, २१ पुस । सफल सामसङले नेपाली ग्राहकहरुका लागि आफनो वार्षिक कार्यक्रम – माइक्रोवेभ ओभन कुकिङ क्लास – को व्यवस्था गरिएको छ ।
सो माइक्रोवेभ ओभन कुकिङ क्लास सामसङको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले आयोजना गरेको छ र यो कुकिङ क्लासहरु वर्षभरि नेपालभरिका सबै सामसङ प्लाजाहरुमा आयोजना गरिने बताईएको छ । माइक्रोवेभ ओभन कुकिङ क्लास आयोजनाको मुख्य उद्देश्य सामसङका विभिन्न माइक्रोवेभ ओभनको प्रयोग गर्दै विभिन्न परिकारहरु बनाउन सिकाउनु रहेको कम्पनीको भनाई छ । कार्यक्रममा सामसङ प्लाजाका प्रतिनिधिहरुबाटै प्रशिक्षण दिइने कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पहिलो माइक्रोवेभ ओभन कुकिङ क्लासका सहभागिहरुले सामसङको माइक्रोवेभ ओभन प्रयोग गरेर पुलाऊ, मटर–पनिर, ग्रिल्ड फिस, पिज्जा, केक र अन्य परिकारहरु पकाउने प्रशिक्षण लिएका थिए । प्रशिक्षणमा मुख्य रुपमा सामसङको स्लिम फ्राइ माइक्रोवेभको प्रदर्शन गरिएको थियो जसमा ८० प्रतिशतसम्म कम तेलको प्रयोग गरेर विभिन्न परिकारहरु पकाउन सकिन्छ । प्रशिक्षकहरुले सो सामसङ स्लिम फ्राइ माइक्रोवेभ ओभन प्रयोग गरेर फ्रेन्च फ्राइज बनाएका थिए ।
कार्यक्रमका बारेमा बोल्दै सामसङ प्लाजाका निर्देशक सीमा गोल्छाले भनिन, “सहभागिहरु सामसङको माइक्रोवेभ ओभन प्रयोग गरेर पकाउन निकै उत्सुक थिए । यसका साथै स्लिम फ्राइ माइक्रोवेभ ओभनको प्रदर्शनले उनीहरुलाई अझै उत्साहित बनाएको थियो ।”
कुकिङ क्लासको अन्त्यमा एउटा लक्की ड्रको पनि आयोजना गरिएको थियो जसबाट एकजना सहभागिलाई सामसङको तर्फबाट एउटा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । यस कुकिङ क्लासमा सहभागि हुन ग्राहकहरुले दरबार मार्गको सामसङ प्लाजामा सम्पर्क गर्न सक्ने जानकारी कम्पनीले दिएको छ ।
प्रकाशित: २१ पुष २०७१, सोमबार