मह निर्यातयोग्य सूचीबाट हटाए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

Technology Khabar २१ पुष २०७१, सोमबार

मह निर्यातयोग्य सूचीबाट हटाए आन्दोलन गर्ने व्यवसायीको चेतावनी
Global IME Bank

काठमाडौं ।

काठमाडौं २१ पुस । नेपालको मौरी पालन व्यवासायीलाई धरासायी बनाउन राज्यले नेपालमा उत्पादित महलाई निर्यात योग्य व्यापार रणनिति ( एनटीआइसी ) को सूचीबाट हटाउन लागेको भन्दै नेपाल मौरी पालन केन्द्रिय सहकारी संघले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आइतवार काठमाडौंको अनामनगरस्थित कृषि उपभोक्ता डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि संघले यस्तो चेतावनी दिएको हो । अन्तराष्ट्रिय बजारमा नेपालमा उत्पादित महको बढ्दो माग र मौरीपालनले व्यवसायिक रुप लिइरहेको बेला राज्यले मौरी पालन व्यवसायीलाई धरासायी बनाउन बाणिज्य तथा आपूर्ति विभाग अन्तगर्त निर्यात योग्य व्यापार रणनिति (एनटीआइसी) को सूची बाट हटाउन षडयन्त्र भइरहेको नेपाल मौरी पालन केन्द्रिय सहकारी संघको दाबी छ ।

पत्रकार सम्मेलनमा नेपाल मौरी पालन केन्द्रिय सहकारी संघ अध्यक्ष अर्जुन पोखरेलले अन्तराष्ट्रिय बजारमा नेपालको महको माग बढिरहेको बेला राज्यले त्यसलाई सहयोग गर्नुको साटो निर्यात योग्य व्यापार रणनितिबाट हटाएर यो पेशालाई नै धरासायी बनाउन खोजेको आरोप लगाए ।

बाणिज्य तथा आपूर्ति विभाग अन्तगर्त निर्यात योग्य व्यापार रणनिति (एनटीआइसी) को सूची बाट नेपालको उत्पादित महलाई ५ हजार रुपियाँ बराबरको पनि मह निर्यात नभएको झुटा र गलत तथ्याँक देखाएर राज्यले यस्तो षडयन्त्र गरिरहेको अध्यक्ष पोखरेलको आरोप छ । उनले नेपालको उत्पादित महलाई ( एनटीआइसी )को सूची बाट जर्बजस्ती हटाइए सिंहदरबार घेर्ने देखि सडक आन्दोलनमा जान संघ बाध्य हुने चेतावनी दिए ।

राज्यले अन्तराष्ट्रिय मापदण्ड अनुरुपको महको केन्द्रिय परीक्षण प्रयोगशालाको व्यवस्था नगर्दा नेपालको मह अन्तराष्ट्रिय बजारमा पुर्याउन व्यवसायिक रुपमा अप्ठ्यारो भइरहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

अहिलेसम्म नेपालमा सरकारले नेपालको मौरी पालन व्यवसायिलाई मर्यादित र व्यवसायिक बनाउन मौरी  बिकास निति पारित नहुनु, मौरी बिकास बोर्ड गठन नहुनु, उत्पादन लागत घटाउन व्यसायिकताका लागि उपकरणमा अनुदान नदिनु र भइरहेको नेपालको महलाई निर्यात योग्य व्यापार रणनिति बाट हटाउनु जस्ता क्रियाकलाप मौरी पालन व्यवासायीमा संग्लन किसानहरुको विरुद्ध राज्यको कदम भएको अध्यक्ष पोखरेलको भनाई छ ।

आयोजित पत्रकार सम्मेलनमा नेपाल मौरी पालन केन्द्रिय सहकारी संघले घरेलु तथा उद्यमका रुपमा स्थापित हुदै आएको नेपालको मौरी पालन व्यवसायी सरकारी निति र नियतीबाट प्रयाप्त लाभ लिन नसकिरहेको भनाई छ ।

विभिन्न ३० जिल्लामा ९८ वटा प्रारम्भिक सहकारीहरुबाट करिब एक लाख ३० हजार गोलाबाट झण्डै अरवौंको मह उत्पादन भइरहेको नेपाल मौरी पालन केन्द्रिय सहकारी संघले जानकारी दिएको छ । करिब ४ हजार किसानहरु यस पेशामा प्रत्यक्ष संलग्न रहेको र ४ हजार ५ सय घर परिवार र दश हजार भन्दा बढी जनसंख्या यस पेशाबाट निर्भर रहेको पनि संघले जनाएको छ ।

नेपालमा वार्षिक करिब एक हजार ६ सय मेट्रिक टन मह उत्पादनमा सहकारीका किसानहरुबाट एक हजार मेट्रिक टन महको योग्दान छ । हालको एक हजार ६ सय मेट्रिक टन महलाई बढाएर झण्डै १० हजार मेट्रिक टन मह उत्पादन गर्न सकिने भन्दै बार्षिक करिब २ अर्वको नेचुरल मह निर्यात गर्न सकिने सम्भावना रहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

Sajilo Visa

प्रकाशित: २१ पुष २०७१, सोमबार

तपाइको प्रतिक्रिया