Technology Khabar २१ पुष २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, २१ पुस । ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं गोंगबु बालाजुको प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिवेशन उदघाटन गर्दै ग्रील तथा स्टील ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले अबैधानिक किसिमले सञ्चालित सबै ग्रील तथा स्टील ब्यवसायीलाई कानुनी दायरामा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनले सबै ब्यवसायीले सरकारले निर्धारण गरेको मापदण्ड पुरा गरि आ–आफ्नो ब्यवसायलाई दर्ता गराउन आग्रह पनि गरे । महासंघका अध्यक्ष कटुवालले पौष मसान्त भित्र पहिलो चरणमा मापदण्ड पुरा भएका काठमाडौं, भक्तपुर र ललितपुरका ब्यवसायीलाई घरेलु तथा साना उधोग कार्यालयमा दर्ता गराउन लागिएको स्पष्ट पारे ।
नेपालमा सञ्चालित ९००० ग्रील तथा स्टील ब्यवसायीले देशमा आवश्यक पर्ने मेटल फेब्रिकेशन सम्बन्धि काम गरि सेवा प्रदान गर्दै आएको महासंघले जानकारी दिएको छ । उक्त अधिबेशनले शिवलाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ । नयाँ र्कासमिती उपाध्यक्ष गोपाल बि.क. सचिव गोपाल कार्की, कोषाध्यक्ष भिम रायमाझीलगायत ४ सदस्य निर्वाचित भए ।
प्रकाशित: २१ पुष २०७१, सोमबार