एलाइन्स इन्स्योरेन्स अब प्रभु इन्स्योरेन्स

Technology Khabar २१ पुष २०७१, सोमबार

एलाइन्स इन्स्योरेन्स अब प्रभु इन्स्योरेन्स

काठमाडौं ।

काठमाडौं, २१ पुस । एलाइन्स इन्स्योरेन्सको काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको नाम परिवर्तन गरी “प्रभु इन्स्योरेन्स लिमिटेड” राख्ने सम्वन्धी प्रस्ताव पारित गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरेअनुसार कम्पनीका सेयरधनीलाई १२ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा खुद मुनाफा ५ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको थियो । बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी २९ करोड ३८ लाख ४ हजार ९ सय रुपैयाँ हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७०/७१ मा ६३ करोड २७ लाख ५४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ६ दशमलव ३७ प्रतिशतले बढी हो । कम्पनीले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २८ करोड ४१ लाख ७२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको जानकारी दिएको छ ।

Global Bank
easy care

प्रकाशित: २१ पुष २०७१, सोमबार