माइक्रोम्याक्सको सस्तो अक्टा-कोर स्मार्टफोन बजारमा

Technology Khabar २० पुष २०७१, आईतवार

माइक्रोम्याक्सको सस्तो अक्टा-कोर स्मार्टफोन बजारमा
Global IME Bank

काठमाडौं ।

काठमाडौँ, २० पुस । माइक्रोम्याक्स मोबाइल कम्पनीले नयाँ मोबाइल फोन माइक्रोम्याक्स क्यानभास निट्रो ए ३११ (Micromax Canvas Nitro A311) नेपाली बजारमा उपलब्ध गराएको छ ।

माइक्रोम्याक्स क्यानभास निट्रो ए३११ मा  ट्रु अक्टा कोर १.७ गीगाहर्जको मेडिया टेक एमटी ६५९२ प्रोसेसर (MediaTek MT 6592) राखिएको छ ।  क्यानभास निट्रोमा २ जीबीको र्याम छ भने यो मोबाइल फोन हेर्दा निकै आकर्षक हुनुका साथै नयाँ एप्लिकेसनहरु र गेमहरु पनि सजिलै चलाउन सकिने कम्पनीले दाबी गरेको छ ।

एन्ड्रोयडको किटक्यास ४.४.२ भर्सनमा आधारित यो फोन नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो अक्टा कोर स्मार्टफोन भएको कम्पनीको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

५ इन्चको स्क्रिन भएको र लेदर फिनिस भएको माइक्रोम्याक्स क्यानभास निट्रो ए३११ मा १२८० X ७२० पिक्सेल रहेको छ, जसमा निक्कै स्पष्ट फोटो र भिडियोहरु हेर्न सकिन्छ । माइक्रोम्याक्स क्यानभास निट्रो ए३११ मा २५०० एमएएच क्षमताको ब्याट्रि राखिएको छ जसले १० घण्टाको टकटाइम दिन्छ ।

माइक्रोम्याक्स क्यानभास निट्रो ए३११ मा १३ मेगापिक्सलको रियर क्यामरा छ, जसबाट ४१२८ X ३०९६ पिक्सेल सम्मका फोटोहरु खिच्न सकिन्छ । यो फोनको क्यामरामा भएको डिजिटल जुम, अटो फोकश र एलइडी फ्ल्याशले ग्राहकहरुलाई निकै कम उज्यालोमा पनि धेरै उत्कृष्ट गुणस्तरको फोटोहरु दिन सक्ने बताईएको छ ।

यसका साथै यस फोनमा भएको  ५ मेगापिक्सलको फ्रन्ट क्यामराले ग्राहकहरुलाई सबैभन्दा उत्कृष्ट गुणस्तरको  सेल्फी खिच्न र भिडियो च्याट गर्न सघाउने कम्पनीको भनाई छ । साथै माइक्रोम्याक्स क्यानभास निट्रो ए३११ मा १६ जीबीको इन्टर्नल मेमोरी छ जसलाई ३२जीबीसम्म बढाउन सकिन्छ ।

नेपाली बजारमा २३ हजार ९ सय ८० रुपैंया बजार मूल्य तोकिएको माइक्रोम्याक्स क्यानभास निट्रो ए३११ स्मार्टफोनमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ । माइक्रोम्याक्स क्यानभास निट्रो ए३११ स्मार्टफोन प्रिस्टिन ह्वाइट र मिस्टिक ब्लुमा उपलब्ध छ । नेपालमा माइक्रोम्याक्सका फोनहरु पशुपति ट्रेडलिंकले आयात तथा बिक्री गर्दै आएकोछ ।

Sajilo Visa

प्रकाशित: २० पुष २०७१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार