Technology Khabar २० पुष २०७१, आईतवार
काठमाडौं ।
काठमाडौं, २० पुस । सन् २०१४ साल चीनियाँ स्मार्टफोन निर्माता जीओमीका (Xiaomi) लागि निकै उत्साहप्रद रह्यो । कम्पनी सन् २०१४ मा विश्वको स्मार्टफोन उत्पादकमध्ये तेस्रो कम्पनी बन्न सफल भयो । भारतीय बजारमा निकै विवादका बिचपनि जीओमीले स्मार्टफोन बिक्रीमा निकै राम्रो सफलता हात पार्यो ।
यसै सिलसिलामा जीओमीले सन २०१५मा बजेट सेग्मेन्टमा अर्को स्मार्टफोन ल्याएर बजारमा आफ्नो उपस्थित दह्रो पार्ने तयारी गरेको छ । कम्पनीले छिटै रेडमी २ एस (Redmi 2S) लन्च गर्ने भएको छ ।
यो स्मार्टफोन रेडमी वन एसको अपग्रेड भर्सन हो । हालै कम्पनीले ल्याउन लागेको रेडमी २ एसको फीचर्स तथा फोटो लीक भएको छ ।
टेक वेवसाइट जीएसएमएरेना डटकममा रेडमी २ एसको फोटो तथा फीचर्स लीक भएको हो । लीक भएको जानकारी अनुसार यो स्मार्टफोनमा ड्यूअल एलटीई नेटवर्क सपोर्ट गर्दछ जुन उसको घरेलु बजार तथा विश्व बजार दुवै स्थानमा प्रयोग गर्न सकिन्छ । रेडमी २ एसमा ४.७ इन्चको ७२० पिक्सलको स्क्रिन राखिएको छ ।
यो स्मार्टफोनमा ६४ बीटको स्न्यापड्रागन ४१० चीपसेट राखिएको छ भने १.२ गीगाहर्जको क्वाड कोर सीपीयू रहेको छ । यसमा ३०६ एड्रेनो जीपीयू र १ जीबी र्याम पनि रहेको छ । जसमा ८ जीबीको स्टोरेज क्षमता छ जसलाई माईक्रो एसडी कार्डमार्फत विस्तार गर्न सकिन्छ ।
यो स्मार्टफोनमा सेन्सर सहितको ८ मेगापिक्सलको रियर क्यामरा छ भने २ मेगापिक्सलको फ्रन्ट फेसिङ क्यामरा रहेको छ ।
रेडमी २ एस एन्ड्रोयड किटक्याट ४.४.४ भर्सनमा आधारित छ । ज्याओमीको नयाँ स्मार्टफोनको तौल १३२ ग्राम रहेको छ । यो स्मार्टफोनको बारेमा कम्पनीले आधिकारीक जानकारी सोमबार दिने बताईएको छ ।
Xiaomi Redmi 2S को फीचर्स:
* डिस्प्ले- 4.7” (720p)
* प्रोसेसर- 1.2GHz क्वाड कोर, Snapdragon 410
* र्याम- 1GB
* मेमोरी- 8GB इन्टरनल
प्रकाशित: २० पुष २०७१, आईतवार