सन् २०१५ मा सस्तो स्मार्टफोनहरुले बजार ओगटने

Technology Khabar २० पुष २०७१, आईतवार

सन् २०१५ मा सस्तो स्मार्टफोनहरुले बजार ओगटने

काठमाडौं ।

काठमाडौं, २० पुस । नयाँ अपरेटिङ प्लेटफर्ममा आधारित स्मार्टफोनहरुको बिक्री सन् २०१५ मा बढ्ने अनुमान विश्लेषकहरुले गरेका छन् । नयाँ प्लेटफर्ममा आधारित एन्ड्रोयड वन, फायरफक्स ओएस र टाइजेनमा आधारित स्मार्टफोनहरुको बिक्री पहिलो पटक स्मार्टफोन खरिद गर्ने ग्राहकहरुको मागले गर्दा बढ्ने अनुमान गरिएको हो ।

सन् २०१४ को तेस्रो चौमासीकमा फीचर फोनको सिपमेन्ट विश्व बजारमा ३४ प्रतिशतले घटेको छ । फीचर फोनको माग सन् २०१८ मा अझै घटेर १० प्रतिशतसम्म पुग्ने गार्टनरले उल्लेख गरेको छ ।

स्मार्टफोनलाई नजिकबाट नियालीरहेका विश्लेषकहरुका अनुसार स्मार्टफोन र फीचर फोनहरुको मुल्यमा भएको झिनो अन्तरका कारण फीचर फोनका प्रयोगकर्ताहरु स्मार्टफोनतर्फ मोडिएका हुन् ।tizen-firefox

अर्कोतर्फ माइक्रोसफ्ट मोबाईलले फीचर फोन क्षेत्रबाट हट्ने निर्णय गरेपछि अन्य ह्याण्डसेट निर्माताहरुपनि एन्ड्रोयड वन, फायरफक्स ओएर र टाइजेनमा आधारित स्मार्टफोन बनाउन उत्साहित भएका हुन् । यी प्लेटफर्ममा आधारित फोनहरुको बजार मुल्य ५० देखि १ सय अमेरिकी डलरको बिचमा हुने र यसले बजारमा छिटै बिक्री बढाउन सहयोग गर्ने विश्लेषकहरुको भनाई रहेको डिजीटाइम्सले लेखेको छ ।

फायरफक्स ओएसको अपरेटर मोजिल्लाले चीनियाँ मुलको ह्याण्डसेट निर्माताहरु टिसीएल, जेडटिई, हुवावेसहित चीपसेट निर्यातक स्प्रेडट्रम कम्यूनिकेशन्ससँगपनि फायरफक्सको स्मार्टफोनका लागि आपूर्ति श्रृंखलाको सहमति गरेको छ ।

क्षेत्रिय टेलिकम अपरेटरहरुसँगको सहकार्यमा फायर फक्सले ३० देशहरुको बजारमा १४ वटा मोडल  सार्वजनिक गरिसकेको छ । फिलिपिन्स र भारतमा फायरफक्सका उपलब्ध स्मार्टफोन मोडलहरु त ३० अमेरिकी डलरभन्दा पनि कम मुल्यका रहेका छन् ।

गुगलले एन्ड्रोयड वनमा आधारित भएका विशेष स्मार्टफोनहरु जो माइक्रोम्याक्स, कार्वन तथा स्पाइससँगको सहकार्यमा भारतलगायत दक्षिण एशियाली मुलुकहरुमा विशेष प्रबद्र्धन गरिरहेको छ । जे भएतापनि गुगलले चीपसेट निर्माता क्वालकम र मेडिया टेकसँग सहकार्य गर्ने तथा ह्याण्डसेट निर्माता एचटिसी, असुटेक कम्प्यूटर, एसर तथा लेनोभोको सहयोगमा पछिल्लो पुस्ताका एन्ड्रोयड वन फोनहरु बनाउने योजना लिएको छ । यी फोनसेटहरु सन् २०१५ को पहिलो चौमासिकभित्रनै बजारमा आउने बजार निरिक्षकहरुको संकेत गरेका छन् ।

यसैबिचमा सामसुंगले सन् २०१५ को शुरुवातमा नै टाइजेनमा आधारित स्मार्टफोन जेड वन सार्वजनिक गर्ने अपेक्षा गरिउको छ । सामसुंगको जेड वनमा ४ इन्चको डिस्प्ले, १.२ गीगाहर्ज ड्यूअल कोर प्रोसेसरका साथमा आउने छ जसको मुल्य १ सय अमेरिकी डलरभन्दा कम हुने स्रोतहरुले जानकारी दिएका छन् ।

easy care

प्रकाशित: २० पुष २०७१, आईतवार