एक सेकेण्डमा १० वटा गित डाउनलोड हुने ग्यालेक्सी नोट ४ एस-एलटीई

Technology Khabar १४ पुष २०७१, सोमबार

एक सेकेण्डमा १० वटा गित डाउनलोड हुने ग्यालेक्सी नोट ४ एस-एलटीई
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १४ पुस । कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुंगले केहि समय अघि बजारमा ल्याएको सामसुंग ग्यालेक्सी नोट ४को नयाँ भर्सन ग्यालेक्सी नोट ४ एस एलटीई (Galaxy Note 4 S-LTE) सार्वजनिक गर्ने तयारी गरेको छ । सामसुंगको नयाँ स्मार्टफोनमा द्रूत गतिमा डाटा डाउनलोड गर्ने क्षमता रहेको छ ।

सामसुंगको यो स्मार्टफोन एलटीई ए ट्राईब्याण्ड क्यारियर एग्रीगेशनयुक्त रहेको छ । यो स्मार्टफोनले ३०० एमबीपीएसको गतिमा कुनैपनि फाइल डाउनलोड गर्न सक्ने कम्पनीको दाबी छ । सैद्धान्तिकरुपमा हेर्दा यसको डाउनलोड गर्ने गति ४५० एमबीपीएससम्म पुग्नसक्दछ । यो हालको ग्यालेक्सी नोट ४ को गतिभन्दा चार गुणा द्रूतरुपमा रहेको छ । यसआधारमा हेर्दा ७०० एमबीको भिडियो केबल १९ सेकेण्डमा तथा एक सेकेण्डमा १० वटा गित डाउनलोड गर्न सकिन्छ ।

तिब्रगतिको डाउनलोड सामसुंगको फोन टेक्नोलोजीको विशेषताले गर्दा हो, जसमा तीन प्रकारको फ्रीक्वेन्सी प्रयोग हुन्छ । यो तीनवटैलाई मिलाएर एक सिंगल कनेक्शनमा परिवर्तन गर्न सक्दछ । जसले गर्दा स्मार्टफोनको स्पीड निकै बढ्दछ र यूजरले निकै तिब्रगतिद्धारा कुनैपनि प्रकारको फाइल डाउनलोड गर्नसक्दछ ।

सामसुंगको एस एलटीई मोडल दक्षिण कोरियामा मात्र हाल लन्च गर्ने तयारी गरेको छ । यो उच्चतहको फ्याबलेट हो जुन दक्षिण कोरियामा मध्य जनवरीमा उपलब्ध हुनेछ ।

यो स्मार्टफोनमा ६४ बीटको क्वालकम स्न्यापड्रागन ८१० चीपसेट रहेको छ भने अन्य स्पेशिफीकेशनहरु अघिल्लो संस्करण जस्तै रहेको बताईएको छ ।

सामसुंग ग्यालेक्सी नोट ४ एस एलटीई दक्षिण कोरियाका सबै मोबाईल क्यारियरहरुमा उपलब्ध हुनेछ । तर यो नयाँ स्मार्टफोन अन्य मुलुकहरुमा कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् । एजेन्सी

Sajilo Visa

प्रकाशित: १४ पुष २०७१, सोमबार

तपाइको प्रतिक्रिया