भिडियो र तस्बिर उत्कृष्ट खिच्ने कलर्सको स्मार्टफोन बजारमा

Technology Khabar १४ पुष २०७१, सोमबार

भिडियो र तस्बिर उत्कृष्ट खिच्ने कलर्सको स्मार्टफोन बजारमा

काठमाडौं ।

काठमाडौं, १४ पुस । कलर्स मोवाईलले जुम सिरिज र पर्ल व्ल्याक सिरिजका फोन बजारमा ल्याएको एक हप्ता भित्र एक्सवानथर्टिन प्लस क्वाड (X113+ Quad) नामक अर्को स्मार्टफोन ल्याएको छ ।

क्वाडकोर प्रोसेसर भएको यो सेटमा एन्ड्रोईड ४.४.२ किटक्याट अपरेटिङ सिस्टम रहेको छ । १.३ गीगाहर्ज क्वाड कोर प्रोसेसरयुक्त यो सेटमा एकै पटक फरक फरक कार्यहरु गर्दा ह्याङ लगायत ढिलासुस्ति हुने जस्ता समस्याहरु नआउने मात्र नभई सेटको ब्याट्रि लाईफ समेत बढाउने कम्पनीको दाबीछ । यो प्रोसेसरले थ्रीडी स्टेरियो गेम जस्ता अत्याधिक ग्राफिक्स चाहिने फाईललगायत सफ्टवेयर सपोर्ट गर्दछ ।X113+ White

८५४X४८० पिक्सेल सपोर्ट गर्ने ४.५ ईन्चको एफ.डब्लु.भि.जि.ए आईपिएस स्क्रिन भएको यो एक्सवानथर्टिन प्लस क्वाड सेटमा कुनै पनि भिडियो वा तस्बिर सबैभन्दा उत्कृष्ट देखिन्छ । ५ मेगा पिक्सलको क्यामेराले अति उज्यालो वा अँध्यारो ठाउँमा पनि उत्कृष्ट तस्विर निकाल्दछ साथै ०.३ मेगा पिक्सलको फ्रन्ट क्यामेरा पनि रहेको छ । ४ जिबि रोम र ५१२ एमबी र्याम, १६०० एमएएचको शक्तिशाली ब्याट्रि लगायत एफएम रेडियो, अडियो भिडियो प्लेयर, जीपीएस, वाईफाई र जी सेन्सरपनि उपलब्ध छन् ।

स्टाईल र आकर्षक मोडलका यो मोबाईल सेटको बजार मुल्य १०,५५० रुपैया रहेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएकोछ ।

कलर्स मोवाईल टेलिटक प्राईभेट लिमिटेडको स्वामित्वमा रहेको व्राण्ड हो ।

easy care

प्रकाशित: १४ पुष २०७१, सोमबार