पल्सर डेयरभेन्सचरको पहिलो संस्करण सम्पन्न

Technology Khabar १३ पुष २०७१, आईतवार

पल्सर डेयरभेन्सचरको पहिलो संस्करण सम्पन्न
Classic Tech

काठमाडौँ, १३ पुस । नेपालमा बजाज बाइकको अधिकृत विक्रेता हंसराज हुलासचंदद्वारा प्रस्तुत नेपालको पहिलो बाइक रियालिटी सो बजार पल्सर डेयरभेन्चर (Bajaj Pulsar Dareventure) को पहिलो संस्करण सम्पन्न भएको छ ।

समापन समारोहमा माथिल्लो मुस्ताङ्ग गएका १० प्रतिस्पर्धिहरु मध्ये सर्वोत्कृष्ट सहासी राइडर, सर्वाधिक लोकप्रिय राइडर र सर्वोत्कृष्ट अनुशासित राइडर को पुरस्कार क्रमशः अनिल कुमार कुशुवाह, सन्तोष अधिकरी र अकिब अब्दुल अतिक लाई प्रदान गरिएको थियो । L_R-  Aqib Abdul Atique ,Santosh Adhikari and Anil Kushuwaha

समापन समारोहमा बोल्दै एच.एच. बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजार पल्सर डेयरभेन्चर (Bajaj Pulsar Dareventure) को दोस्रोे संस्करणको तयारी पनि सुरु भइसकेको बताए । “हामीले बजाज पल्सरका साहसी राइडरहरुलाई अप्पर मुस्ताङ्गको रोमाञ्च अनुभव गर्ने मौका दियौँ । यो नेपालको पहिलो बाइक रियालिटि शो हो र हामी आउँदो दिनहरुमा पनि यसको अझै धेरै सिक्वल निकाल्नेछौँ जसबाट युवा राइडरहरुले नेपालका साहसीक भू–भागहरुमा आफ्नो कौशल देखाउने मौका पाउनेछन्,” गोल्छाले भने ।

गोल्छा अर्गनाइजेसनको अन्तर्गत नेपालमा बाइक विक्री गर्दै आएको बहुराष्ट्रिय कम्पनि बजाजले ल्याएको पल्सर डेयरभेन्चर नेपालको पहिलो बाइक रियालिटि शो हो । यस कार्यक्रमका दौरान १० साहसी प्रतियोगीहरुले पल्सर बाइकमा “अन–अफ रोड” हुँदै एउटा साहसीक राइडमा जाने मौका पाए ।

यस प्रतियोगीतामा सामेल हुनका लागि प्रतियोगीहरुले शुरुवातमा नै धेरै प्रकारका जटिल तालिमहरु लिएका थिए र केवल १० सर्वोत्कृष्ट राइडरहरुले मात्र सो कार्यक्रममा यात्रा गर्ने मौका पाएका थिए । यसका साथै सबै १० जना सर्वोत्कृष्ट प्रतियोगीहरुलाई पल्सर बाइक दिइएको छ ।

TK Viber

प्रकाशित: १३ पुष २०७१, आईतवार

Loading...