Technology Khabar ११ पुष २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ११ पुस । असुसले ल्याउन लागेको को जेड ००७ (Z007) स्मार्टफोनको बारेमा जानकारी लीक भएको छ । यो स्मार्टफोन असुसको जेनफोन (Zenfone) सीरीजअन्तरगतको फोन हो ।
असुसको जेड ००७ स्मार्टफोनमा ४.५ इन्चको डिस्प्ले राखिएको छ भने यसमा ड्यूअल कोर प्रोसेसर भएको लीक गरिएको जानकारीमा उल्लेख छ ।
यो असुसको ड्यूल क्यामरा भएको पहिलो जेनफोन हुनेछ । ब्लूटूथ एसआईजी (Bluetooth SIG)मा नाम उल्लेख नभएको स्मार्टफोन सूचिकृत भएको छ, जुन असुसको जेड ००७ भएको अनुमान छ । यो असुसको आउन लागेको नयाँ स्मार्टफोनको मोडल नम्बर जेडसी ४५१सीजी सहितको जेड ००७ स्मार्टफोन भएको बताईएको छ ।
यो स्मार्टफोनको स्पेशिफीकेशनहरु हेर्दा ग्राहकलाई सन् २०१२ को स्मार्टफोनजस्तो अनुभूती हुने विश्लेषकहरुले अनुमान गरेका छन् । तर यसमा भएको ४.५ इन्चको एफडब्लूभीजीए आईपीएस डिस्प्ले तथा ड्यूल कोर इन्टेक्स प्रोसेसरका कारण यो निकै पुरानो जमानाको फोन जस्तो देखिन्छ ।
तर यो स्मार्टफोनमा १ जीबीको र्याम हुने तथा यो एन्ड्रोयड किट्क्याट ४.४ अपरेटि९ सिष्टमसहितको असुस जेन यूआई राखिने बताईएको छ । यो स्मार्टफोनमा २१००० एमएएच क्षमताको ब्याट्रि छ भने ५ मेगापिक्सलको रियर क्यामरा तथा भीजीए फ्रन्ट क्यामरा रहेको छ । यसको स्पेशिफीकेशनको आधारमा यो बजेट स्मार्टफोन भएको अनुमान गर्न सकिन्छ ।
असुसको जेड००७ स्मार्टफोन सन् २०१५ मा अमेरिकाको लस भेगासमा हुने सीईएस CES 2015) मा लन्च हुन सक्ने अनुमान गरिएको छ । तर यसको बारेमा थप जानकारी भने आएको छैन् ।
प्रकाशित: ११ पुष २०७१, शुक्रबार