Technology Khabar १० पुष २०७१, बिहीबार
काठमाडौं ।
काठमाडौं, १० पुस । अब ल्यापटपमा काम नलाग्ने र प्रयोग विहिन ब्याट्रिहरुको प्रयोगबाट विजुली उपयोग गर्न सकिने एक अनुसन्धानले देखाएको छ । अनुसन्धानकर्ताहरुकाअनुसार ल्यापटपको काम नलाग्ने ब्याट्रिहरुमा यतिधेरै उर्जा हुन्छ की त्यसले झुपडीहरुमा बस्ने व्यक्तिहरुको घरमा उज्यालो पुर्याउन सक्दछ ।
कम्प्यूटर कम्पनी आईबीएमद्धारा गराईएको एक अनुसन्धानमा यस्तो ब्याट्रिहरुको परीक्षण गरिएको थियो जुन ब्याट्रि ल्यापटपका लागि उपयोगी थिएनन् ।
परीक्षणमा सहभागि गरिएका ७० प्रतिशत ब्याट्रिहरुको उर्जाद्धारा एक एलईडी बल्ब एक वर्षसम्म दैनिक करीब ४ घण्टासम्म बाल्न सकिने थियो । यो प्रविधिको पहिलो परीक्षण यसै वर्ष भारतको बेंग्लोरमा गरिएको थियो ।
काम नलाग्ने पुराना ब्याट्रिहरुको प्रयोग बिजुलीको अहिले भईरहेको विकल्पहरुभन्दा सस्तो रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् । उनीहरुका अनुसार यसले हरेक वर्ष बढ्दै गरेको इलेक्ट्रोनिक्स फोहोरहरुमा नियन्त्रण गर्न मद्धत मिल्नेछ । विकासशील देशहरुमा इलेक्ट्रोनिक्स फोहोरको समस्या दिन प्रतिदिन बढ्दै गईरहेको छ ।
सडकको छेउमा पसल लगाउने ठेलाबाला तथा साना साना झुपडीहरुमा बस्ने गरीब व्यक्तिहरुकाबिच पुरानो ब्याट्रिको प्रयोग प्रविधि लोकप्रिय हुने अनुमान गरिएको छ ।
अमेरीकाको म्यासाचुएट्स इन्स्टीच्यूट अफ टेक्नोलोजीको रिसर्च म्यागजीन टेक्नोलोजी रिभ्यूले आईबीएमको भारतीय यूनिटको यो अनुसन्धानको बारेमा क्यालिफोर्नियाको सान जोसेमा हुन लागेको एक कन्फ्रेन्समा चर्चा गरिने लेखेको छ ।
आईबीएमको रिसर्च टीमले अमेरीकामा मात्रै हरेक वर्ष करिब पाँच करोड कम्प्यूटर फाल्ने गरिएको बताएको छ । त्यसैगरी विश्वभर ५० मिलियनभन्दा बढि लिथिअम अायोन ल्यापटप ब्याट्रि फाल्ने गरीएकोछ ।
सौर्य उर्जाको विकल्प अपेक्षाकृत महंगो छ भने बिजुलीको अभावमा दैनिक गुजारा गर्ने करिब चालीस करोड व्यक्तिहरुमा यो प्रविधिबाट मद्धत मिल्ने अनुसन्धानकर्ताहरुको अपेक्षा रहेको छ । साभार बीबीसी
प्रकाशित: १० पुष २०७१, बिहीबार