सामसङको क्रिष्टमस गिफ्ट ह्याम्पर अफर

Technology Khabar १० पुष २०७१, बिहीबार

सामसङको क्रिष्टमस गिफ्ट ह्याम्पर अफर

काठमाडौं ।

काठमाडौँ, १० पुस । सामसङले नेपाली ग्राहकहरुका लागि नयाँ वर्षको अभियान “मेरी क्रिष्टमस अफर” को थालनि गरेको छ । यो योजना २५ डिसेम्बर, २०१४ देखि १ जनवरी, २०१५ सम्मका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

यस योजनाको अवधिभरि सामसङका ग्राहकहरुले कुनै पनि सामसङ प्लाजा सोरुमहरुबाट कुनै पनि सामसङका उत्पादनहरुको खरिदमा हिमस्टार र बजाजका अप्लायन्सका साथै टाइमेक्स घडि जित्ने मौका पाउनेछन् ।

सामसङका गिफ्ट ह्याम्पर विजेताहरु हरेक दिन गरिने लक्की ड्रबाट छानिने छन् । हरेक दिन नेपालभरिका सबै सामसङ प्लाजा सोरुमहरुका ग्राहकहरुको नाम एकै सूचिमा राखि लक्की ड्र गरिनेछ । कुनै पनि सामसङ उत्पादन खरिद गर्दा ग्राहकहरु स्वतः लक्की ड्रका लागि योग्य मानिने र हरेक दिन ४ भाग्यशाली ग्राहकहरुले सामसङका गिफ्ट ह्याम्पर जित्ने मौका पाउनेछन् ।

भाग्यशाली विजेताहरुको नाम सामसङ नेपालको फेसबुक पेजमा राखिने र विजेताहरुलाई कम्पनीबाट पुरस्कारको जानकारीका लागि कल पनि गरिने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

सामसङ प्लाजा सोरुमहरु काठमाडौँको ग्राहकहरुका लागि दरबार मार्ग, सिभिल मल, नयाँ बानेश्वर, महाराजगञ्ज, चाबाहिल र कुमारीपाटीमा अवस्थित छन् भने काठमाडौँ बाहिरका ग्राहकहरुका लागि भक्तपुर, नारायणघाट र पोखरामा पनि अवस्थित छन् ।

easy care

प्रकाशित: १० पुष २०७१, बिहीबार