औंलाले स्क्रिनमा नछोई कन्ट्रोल गर्न सकिने कलर्सको नयाँ एक्स फ्याक्टर

Technology Khabar १० पुष २०७१, बिहीबार

औंलाले स्क्रिनमा नछोई कन्ट्रोल गर्न सकिने कलर्सको नयाँ एक्स फ्याक्टर

काठमाडौं ।

काठमाडौं, १० पुस । कलर्स मोवाईलले एक्स फ्याक्टर एक्स१२८ म्याजिक (X Factor X128 Magic) नामक नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । यो स्मार्टफोन एन्ड्रोईड ४.४ किटक्याट अपरेटिङ सिष्टममा आधारित स्टाईलिस्ट स्मार्टफोन भएको कम्पनीले जनाएको छ ।

९६०×५४० पिक्सेलको रिजोलुसन भएको ५ ईन्चको एचडि आईपिएस स्क्रिन भएको यो मोवाईलमा ८ मेगापिक्सलको रियर फ्ल्यास क्यामरा र २ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ ।

८ जिबी रोम र १ जिबी र्यामयूक्त तथा १.२ गीगा हर्ज क्वाड कोर प्रोसेसर भएकाले यो मोडलका स्मार्टफोन अरु सामान्य स्मार्टफोनहरु भन्दा चार गुणा छिटो हुने दाबी गरिएको छ । २००० मेगा हर्जको ब्याट्रि राखिएको यो स्मार्टफोनमा एफएम प्लेयरलगायत अडियो भिडियो प्लेयरको भरपुर फाईदा लिन सकिनेछ ।

एक्स फ्याक्टर एक्स १२८ म्याजिक साँच्चिकै चमत्कारी हुनुमा अन्य कारणहरु पनि रहेको छ । एक्स फ्याक्टर एक्स १२८ म्याजिकमा आफ्नो औंलाले स्क्रिनमा छुँदै नछोई पनि कन्ट्रोल गर्न सकिने प्रविधि राखिएको कम्पनीको भनाई छ । ब्याक टच भि सेन्सर नामक नौंलो सिस्टमका कारण प्रयोगकर्ताहरुले आफ्नो एक हात विल्कुलै प्रयोग गर्नु पर्दैन ।

कलर्सको एक्स१२८ म्याजिकको बजार मूल्य १४ हजार ९ सय ९५ रुपैंया रहेको छ । कलर्स मोवाईल टेलिटक प्राईभेट लिमिटेडको स्वामित्वमा रहेको व्राण्ड हो ।

easy care

प्रकाशित: १० पुष २०७१, बिहीबार