यस्तो छ एलजीको पारदर्शी स्मार्टफोन एफएक्सजीरो

Technology Khabar ९ पुष २०७१, बुधबार

यस्तो छ एलजीको पारदर्शी स्मार्टफोन एफएक्सजीरो

काठमाडौं ।

काठमाडौं, ९ पुस । कोरियन स्मार्टफोन निर्माता कम्पनी एलजीले पारदर्शी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले मोजिल्लाको फायरफक्स (Mozilla Firefox) सँग मिलेर पारदर्शी स्मार्टफोन तयार पारेको हो । एलजीले यो स्मार्टफोन जापानमा मंगलवार सार्वजनिक घोषणा गरेको हो । यो पारदर्शी स्मार्टफोनलाई कम्पनीले अनौठो नाम एफएक्सजिरो (Fx0) दिएको छ ।

एलजीले उत्पादन गरेको यो स्मार्टफोनलाई तोकुजिन योशिओकाले डिजाइन गरेको हो । यो फोन अगाडि तथा पछाडि पुरै पारदर्शी रहेको छ ।fx0

एलजीको एफएक्सजिरो स्मार्टफोनका भित्री भागहरु हेर्न यसको कभरलाई खोल्नु नपर्ने भएको छ अर्थात यसका भित्री भागहरु बाहिरबाट नै हेर्न मिल्ने रहेको छ । साथै यो स्मार्टफोनको होम बटनमा फायरफक्सको सुनौलो भर्सनको लोगो कुँदिएको छ ।

यो स्मार्टफोन फायरफक्स अपरेटिङ सिस्टमका अन्य फोनहरु भन्दा भिन्न रहेको छ । भने यसको मूल्यपनि निकै फरक रहेको छ । यसको डिजाइनका कारण यो फोन फायरफक्सका अपरेटिङ सिष्टमका अन्य फोनहरुभन्दा निकै महंगो रहेको छ । यो स्मार्टफोनको बजार मूल्य जापानमा ५० हजार येन अर्थात ४ सय १४ अमेरिकी डलर बराबर तोकिएको छ ।LG-fx0-2

यो स्मार्टफोन करिब करिब एलजीको जीथ्रीसँग मिल्दोजुल्दो देखिन्छ भने यो भन्दा केहि सानो रहेको छ । यो स्मार्टफोनमा ४.७ इन्चको आइपीएस टनस्क्रीन छ जसको रिजोल्यूशनको बारेमा सार्वजनिक गरिएको छैन् ।

एफएक्सजिरोमा स्न्यापड्यागन ४०० चीपसेट प्रयोग गरिएको छ जसमा १.२ गीगाहर्जको क्वाडकोर सीपीयू रहेको छ । यसमा १.५ जीबी र्याम तथा १६ जीबीको आन्तरीक मेमोरी रहेको छ जसलाई माइक्रो एसडी कार्डको सहायताले बढाउन सकिन्छ ।

यो स्मार्टफोनमा ८ मेगापिक्सलको एलइडी फ्ल्याशसहितको रियर क्यामरा छ भने २.१ मेगापिक्सलको फ्रन्ट क्यामरा छ । यो स्मार्टफोनमा २३७० एमएएच क्षमताको ब्याट्रि राखिएको छ । ffx0-6

नयाँ स्मार्टफोन फायरफक्सको २.० भर्सनको अपरेटिङ सिष्टममा आधारित छ । भने यो गोल्डेन कलरमा मात्र उपलब्ध छ । यो स्मार्टफोनमा फोरजी एलटीई तथा एनएफसी दुबै सपोर्ट गर्दछ जुन फायरफक्स ओस ह्यान्डसेटमा पहिलो पटक हो ।

यो स्मार्टफोन जापानमा केडीडीआईको नेटवर्कमा मात्र उपलब्ध रहेको छ । यो स्मार्टफोन क्रिशमशको अवसर पारेर डिसेम्बर २५ देखि मात्र निश्चित संख्यामा बिक्री हुनेछ भने जनवरी ६ तारिखदेखि मात्र जापानमा खुल्ला बिक्री गरिने बताईएको छ । यो स्मार्टफोन अन्य मुलुकमा उपलब्ध हुने संभावना भने निकै न्यून रहेको छ । एजेन्सी

LG Fx0 का बिशेषताहरु
* स्क्रीन- 4.7 इंच, हाई डेफिनिशन आईपीएस डिस्प्ले
* प्रोसेसर- 1.2 जीएचजेड कोर स्न्यापड्र्यागन 400 प्रोसेसर
* ओएस- फायरफक्स ओएस 2.0
* र्याम- 1.5जीबी र्याम, 16 जीबी इंटरनल स्टोरेज
* क्यामरा- 8 मेगापिक्सल रियर, एलईडी फ्ल्याशसहित
* मोटाई- 10.5 मिमी, वजन 148 ग्राम
* अन्य फीचर- 4जी, एलटीई, 3जी, वाई-फाई, ब्लूटुथ, जीपीएस, एनएफसी
* ब्याट्रि- 2370 एमएएच
* मूल्य- 50,000 येन

Global Bank
easy care

प्रकाशित: ९ पुष २०७१, बुधबार